संसदमा प्यालेस्टाइनको पक्षमा आवाज

271
  •  
  •  
  •  

काठमाडौं, ११ साउन (ओएनएस) :  गाजा क्षेत्रमा भइरहेको इजरायल–प्यालेस्टाइन युद्ध रोक्ने संसदमा आवाज उठेको छ । नेकपा एमालेका युवा नेता रवीन्द्र अधिकारीले प्यालेस्टाइनमा भइरहेको नरसंहार रोक्न नेपाल सरकार बोल्नु पर्ने बताएका हुन् ।

व्यवस्थापिका संसदको आइतबारको बैठकको विशेष समयमा सभासद अधिकारीले नेपाल विश्व शन्तिको पक्षमा रहेका कारण प्यालेस्टाइमाथि भइरहेको आक्रमण रोक्न आग्रह गर्नु पर्ने बताए । ‘गाजामा जुन खालको बर्बर आक्रमण भइरहेको छ, त्यो निन्दा योग्य आक्रमण हो’, उनले भने, ‘मानवता भएको कुनै पनि देशले त्यो काम गर्न सक्दैन ।’
गजामा जारी १२ घण्टे युद्धबिराम युद्धको तयारी रहेको उल्लेखगर्दै अधिकारीले भने, ‘युद्धबिराम गर र आक्रमण रोक भनेर नेपालले भन्नु पर्छ, किनभने हामी संसार भरी शान्ति चाहान्छौं ।’ अधिकारीले गाजा क्षेत्रमा शान्तिका लागि ओस्लोमा भएको पिएलओ सम्झौता कार्यान्वयन हुनुपर्ने बताएका छन् । शनिबारका लागि भएको युद्धविराम आइतबार बिहानैबाट उल्लघंन भएको छ । इजरायले हाल आक्रमण फेरि सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


  •  
  •  
  •