क्यानडामा प्लास्टिक प्रतिबन्ध

39
  •  
  •  
  •  

एजेन्सी । क्यानडा सरकारले डिसेम्बरदेखि एक पटक मात्रै प्रयोग हुने प्लास्टिकमाथि प्रतिबन्ध लगाउने भएको छ ।

प्लास्टिकको प्रयोग घातक र हानिकारक रहेको भन्दै त्यहाँको सरकारले प्लास्टिकका झोला, भाँडाकुँडा र पुनःप्रयोग गर्न नमिल्ने प्लास्टिका अरु सामग्रीहरु उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

क्यानडाका वातावरण मन्त्री स्टिभन गिलबल्टले प्लास्टिक प्रदूषण घटाउन सरकार तत्पर रहेको र आफ्नो प्रतिबद्धता पूरा गरिरहेको बताए । बढ्दो प्रदूषणको कारक प्लास्टिक रहेको र प्रयोग रोक्ने निर्णय भएको रोयटर्सले जनाएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here