‘प्लाष्ट नेपाल २०१४’ आगामी कात्तिक २८ देखि

126
  •  
  •  
  •  

काठमाडौं, ११ असोज (ओएनएस) ः ‘प्लाष्ट नेपाल २०१४’ आगामी कात्तिक २८ गतदेखि आयोजना हुने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा हुने मेला तीन दिनसम्म चल्ने आयोजक प्लाष्ट नेपाल फाउण्डेशनले जानकारी दिएको छ ।
प्लाष्ट नेपाल फाउण्डेशनले प्लाष्टिकका सामाग्री तथा त्यस सम्वन्धित सेवालाई प्रवद्धन गर्ने, नयाँ प्रविधिहरुको जानकारी गराउने, उद्देश्यले मेला आयोजना गर्न लागेको बताएको छ ।

मेलामा १ सय भन्दा बढी संघ संस्थाहरुको सहभागिता रहने बताइएको छ । त्यसमध्ये ६० भन्दा बढि अन्तराष्टिय र ४० भन्दा बढी राष्टिय संघ संस्थाहरुले भाग लिएका छन् ।

देशभरका उद्योगी व्यवसायीहरुलाई एउटै थलोमा भेला गराई समग्र प्लाष्टिक उद्योगको विकासको लागि प्रदर्शनी एउटा साझा समन्वय विन्दु बन्न सक्ने आयोजकले विश्वास लिएको छ ।

प्लाष्टिक क्षेत्रमा भएका नविनतम आविस्कार, प्रविधि विकास, मेसीनरी, कच्चा प्रदार्थलगायत अन्य विभिन्न सम्बन्धीत पक्षहरुलाई विशेष प्रस्तुतिको रुपमा प्रदर्शनीमा समावेश गरिने आयोजकले जानकारी दिएको छ ।


  •  
  •  
  •