‘प्लाज्मा एप’बाट प्लाज्मा लिने र दिनेलाई जोडेका छौँ: प्रदिप पौडेल

64
  •  
  •  
  •  

म आफैँ दुई पटक कन्ट्रयाक ट्रेसिङमा परे । दुई हप्ता जसो घरमै बसे । त्यो बीचमा मैले थुप्रै समाचार पढे । प्लाज्मा आवश्यक परेका समाचारहरु, पोष्टहरु सामाजिक सञ्जालमा देखे ।
कोभिड–१९ को निको भइसकेको कोहि मान्छे छ भने यो रगत उपलव्ध गराइदिनुस् भनेर धेरै मान्छेहरुले मलाई फोन गरेर भन्नुभयो ।

मलाई यो अहिलेको आवश्यकता हो भन्ने लाग्यो । यसको उपाय, सहजिकरण गर्न अलि सजिलो हुने, प्लाज्मा दिन चाहने व्यक्तिलाई सजिलो कहाँ हुन्छ भनेर सोच्दै गर्दा यो डिजिटल माध्यमबाट ‘प्लाज्मा’ दिने र लिनेलाई जोड्यो भने अहिलेको अवस्थामा सान्दर्भिक हुन्छ भन्ने लाग्यो ।
कोभिड–१९ लागेर निको भएको भनेपछि उसको मानसिकता अलि कमजोर त हुन्छ नै । मैले त कसरी दिन मिल्छर ? भन्ने लाग्छ । त्यसैले यो कोभिड जितेका मान्छेहरुले मात्र दिने हो । दिँदा केहि फरक पर्दैन । प्लाज्मा दिँदा दिने मान्छेको स्वास्थ्यमा केहि असर पर्दैन भनेर पनि हामीले यसको प्रचार गर्नुपर्छ ।

दिने मान्छे धेरै हुनुभएको छ । लिने मान्छेसँग दिने मान्छेलाई हामीले जोड्न सकेका छैनौँ । हामीले त्यो प्लाज्मा एप भनेका छौँ । त्यसलाई सर्च गर्न सकिन्छ । त्यहाँ गइसकेपछि तपाई दिन चाहनुहुन्छ कि लिन चाहनुहुन्छ ? दिनचाहनेले म दिन चाहन्छु भनेर त्यहाँ क्लिक गर्ने ?
त्यहाँ गएपछि एउटा फारम आउँछ । नाम, ठेगाना, ब्लड गु्रप, टेलिफोन नम्बर, यति कुराको जानकारी दिनुपर्छ । दिने ठाउँको लोकेशन कहाँ उपयुक्त हुन्छ भनेर पनि त्यहाँ सोधिएको हुन्छ । चाहिनेले पनि म आफैँ बिरामी हुँ, वा यो बिरामीको मान्छे हुँ भनेर लेख्नुप¥यो । आफ्नो ब्लड ग्रुप लेख्नुपर्यो । कुन हस्पिटलमा हुनुहुन्छ । ठाउँ लेख्नुपर्यो । अन्य जानकारी आवश्क रहेमा भन्ने लेखिएको छ । त्यो कुरा पनि दिन सकिन्छ । दिने मान्छेले आफ्नो नेगेटिभ आएको कहिले हो । त्यो आएको मिति पनि लेख्नुपर्छ । दिने मान्छेले टेलिफोनसहित लेखेपछि हामीले प्लाज्मा चाहिने र दिनेको फर्म दुबैको रुजु गर्छौँ ।

त्यसको ब्लड ग्रुप जोसँग मिल्छ ? तपाईको ब्लड ग्रुप फलानोसँग मिल्छ । उहाँको टेलिफोन नम्बर यो हो ? उहाँ यहाँ हुनुहुन्छ उहाँलाई सम्पर्क गर्नुहोला भन्छौँ । लिने मान्छेलाई पनि तपाईको ब्लड ग्रुपसँग मिल्ने फलानाले तपाईलाई प्लाज्मा दिनुहुन्छ, उहाँको टेलिफोन नम्बर यो हो सम्पर्क गर्नुहोला भनेर हामीले दुवैतर्फ जानकारी गराउँछौ ।

फेरि त्यो काम भए नभएको सम्पर्क गर्छौँ । केहि अप्ठ्यारो परेमा पनि हामीले सहयोग गर्छौ । त्यसैले यो विकास गरेका हौँ । प्लाज्मा चाहिने व्यक्ति त्यहि जान्छ । प्लाज्मा उपलव्ध गराउँछ । के जानकारी दिन खोजिएको हो । त्यसका लागि एप प्रयोग गर्न सकिन्छ भन्ने कम्सेप मसँग पहिले पनि थियो । त्यसको अभ्यास पनि गर्र्दै आइराखिएको थियो ।
जसले प्राप्त गर्नुहुन्छ । उहाँहरु धेरै खुसी हुनुहन्छ ? धन्यवाद दिनुहुन्छ । तपाईले ठूलो गुन लगाउनुभयो भन्नुहुन्छ ।

त्यसले आफुलाई पनि खुसी लाग्छ । दिने मान्छेले पनि मैले दिन खोजिराखेको थिए । सहयोग गर्ने तरिका थाहा थिएन । तपाईको माध्यमबाट मैले दिन पाँए भनेर ऊ पनि त्यति नै खुसी हुन्छ ।
अहिले समस्या के हो भने काठमाडौंमा उपलव्ध छ । तर काठमाडौं भन्दा बाहिर धेरै देखिएको छैन् । धेरै हस्पिटल काठमाडौंमा छ । धेरैको उपचार काठमाडौंमै हुन्छ । बाहिरका बिरामी पनि काठमाडौं आउनुभएको छ ।

त्यसैले काठमाडौंमा उपलव्ध गराउन सक्दा पनि धेरै राम्रो हुन्छ । बाहिरको हकमा प्लाज्मा दिनेहरु त्यति पाएका छैनौ । किनभने दिनमिल्छ भन्ने कुरा नजानेको हुनसक्छ ।
ब्लड डोनेशन गर्ने कुरा हाम्रो समाजमा प्रयाप्त छ । तर अहिले प्लाज्मा दिन मिल्छ भन्ने चेतना पुगेको छैन् । कोभिड लागेपछि के हुन्छ भने म कमजोर भए भन्ने मानसिकता हुन्छ । कतिपयले लागेपनि समाजको डरले भन्दै भन्दैनन् । त्यस्तो पनि छ । लागेको कुरा त नभन्ने, अझ प्लाज्मा दिने भन्ने कुरा त गाह्रो कुरा हो । लागेको कुरा लुकाइरहेको अवस्थामा मलाई लागेको हो ? म प्लाज्मा दिन्छु भनेर आउने कुरा सजिलो छैन् । त्यसका लागि हामीले अलिबढी चेतनाको विस्तार गर्नुपर्छ ।

चेतना विस्तारका लागि सामाजिक सञ्जालमार्फत व्यापक रुपमा लान सक्यो भने राम्रो हुन्छ । त्यसैले राजनीतिक दलका नेताहरु सामािजक अभियन्ताहरु, विभिन्न क्षेत्रका परिचित व्यक्तिले प्लाज्मा दिएर शरु गर्दा समाजमा बढी थाहा हुने अवस्था हुन्थ्यो । समाजमा बढी विश्वास गर्ने हुन्थ्यो । परिचित व्यक्तिहरुलाई हामीले तपाईहरु प्लाज्मा दान गर्नुस् । हामी यो सूचना बाहिर ल्याउँछाैँ भनेर अनुरोध गर्ने सोचेका छौँ ।

(फाउण्डेसन हिरोन्डेल्लको सहयोगमा आउटलाइन मिडियाले उत्पादन गरेको रेडियो कार्यक्रम ‘कोरोनाका कुरा’ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलसँग गरिएको कुराकानीको सम्पादीत अंश)


  •  
  •  
  •