प्लाज्मा दान गर्दा केहि खराबी हुँदैन: डा. विपिन नेपाल

70
  •  
  •  
  •  

हाम्रो शरिरमा बग्ने रगतमा एउटा कोषिकाहरुको तत्व, अर्को पानीहरुको तत्व हुन्छ । जसलाई हामी प्लाज्मा भनेर भन्छाैँ । त्यो प्लाज्मामा मिनरलहरु, हर्मनहरु, न्यूट्रियन्सहरु रहेको हुन्छ । जसलाई शरिरमा रगतले लिएर जाने र लिएर आउने काम गर्छ ।

त्यसको साथसाथै त्यसले हाम्रो शरिरमा केहि रोग लाग्यो । त्यसमा विशेष मेकानिजमको स्वरुपमा रोगविरुद्ध प्रतिरोधी क्षमता (एन्डिबडी) प्रवेश गर्दछ । जस्तो अहिले कोरोनाको परिवेशमा भन्दा पनि कसैलाई कोरोना लाग्यो । उसको पहिला रोगविरुद्ध प्रतिरोधी क्षमता (एन्टिबडी) पैदा गर्छ । त्यो एन्टिबडी पनि प्लाज्मामा बसेको हुन्छ ।

 

त्यो एन्टिबडी मिसिएको प्लाज्मालाई झिकेर कोभिडको बिरामीलाई दिँदा युटिलाईज गर्न मदत्त गर्दछ । कोभिड–१९ भएको बिरामीको प्लाज्मा दियो । उसमा एन्डिबडीहरु विकास भएको हुन्छ ।
एन्टिबडी भनेको डिफ्रेन्ट मेकानिजम हो । त्यो विशेष मेकानिजमलाई झिकेर अर्कोमा ट्रान्सफर गर्दा त्यसले राम्रो रिजल्ट देखाउन सक्छ । कुनै रोगविरुद्ध प्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका व्यक्तिको रगतको प्लाज्मा अर्को बिरामीको शरीरमा पठाएर रोगविरुद्ध लड्न सक्ने बनाउने अभ्यास हो– प्लाज्माथेरापी ।

त्यो प्लाजामा कतिको एन्टिबडी छ । अरुको शरिरमा जाँदा कतिको एन्टिबडी छ र कतिको डिफेन्स मेकानिजम उसमा छ । त्यो हामीले जाँच गर्नुपर्छ । एन्टिबडी साइटेसन एकदम धेरै मात्रामा छ भने त्यो दिँदा फाइदा गर्छ । थोरै छ भने दिएको फाइदा भएन । मेरो शरिरमा रोग लाग्यो । निको भयो । एन्डिबडीहरु कम कम हुँदै जान्छ । यसमा कसले दिन मिल्छ भन्दा पनि एन्डिडी साइटेसन हेरेर दिँदा सुरक्षित हुन्छ । अहिलेको अवस्थामा यो कोभिड लागेर निको भएका बेलामा १४ दिनदेखि १ महिनासम्म दिन उपयुक्त हुन्छ । यो अवस्थामा यतिबेला एन्डिबडी साइटेसन बढी हुने विभिन्न अनुसन्धानहरुले देखाएको छ ।

त्यो भएर कोभिड लाग्यो निको भयो । १४ दिनदेखि ३ महिनासम्मको प्लाज्मा दिन मिल्छ ।सानोतिनो रुघाखोकी, ज्वरो, सानोतिनो सामान्य केहि समस्या पनि थिएन भने त्यसका एन्डिबडी त्यति बनेको हुँदैन् भन्ने मान्नेता छ । त्यहि भएर अलिकति सेन्ट्रोमहरु भएकोमा साइट्रेसन बन्छ । त्यस्ताले दिँदा फाइदा गर्छ भन्ने देखिएको छ ।

हाम्रो नेपालमा करिब ४ सय ५० प्लाज्मा दान भइसकेको छ । प्लाज्मा निकालेर अर्को आइसियुमा भर्ना भएको बिरामीलाई दिई सकिएको छ ।  यो विषय अहिलेसम्म क्लिनीकल ट्रायलकै विषय छ । प्रभावकारिता अझैँ जाँच्न बाँकी नै छ । संसारमा उसको परीक्षणलाई हेर्दा ठिकैठिकै देखिएको छ । त्यस्तो नराम्रो पनि देखिएको छैन् । नेपालमा सरकार(राष्ट्रिय अनुसन्धान परिषद)ले पनि यसको अनुसन्धान गर्दैछ ।

त्यसको रिर्जट छिट्टै आउँला । त्यो नआइन्जेलसम्म मज्जाले धेरै साइट्रेसन भएका डोनरको प्लाज्मा निकालेर अर्कोलाई दिँदा केहि फाइदा भएको देखिएको छ । बिरामीको अवस्था सबै कुरालाई हेर्नुपर्ने हुन्छ । त्यहि भएर यो क्लिनिकल फेजमा नै छ ।

कोभिड–१९ को औषधि बनिसकेको छैन् । सबै यि चिजहरु ट्रायलकै अवस्थामा रहेको छ । जस्तो उदाहरणका लागि रेमड्रेसिभिर भन्ने जुन इन्जेक्सन छ । त्यो एन्टिभाइरस प्रोडक्टिभ छ त्यो पनि ट्रायलकै रुपमा छ । अर्को औषधिहरु पनि छ । त्यो पनि ट्रायलकै रुपमा रहेको छ । यो प्लाज्मा थेरापी पनि ट्रायलकै रुपमा हो । केहि पनि नभएको खण्डमा अल्टरनेटिभ थेरापी मात्र हो । यो थेरापी चै होइन् । अहिले हाम्रो आम मानिसको बुझाइमा के छ भने यो अचुक बाड नै हो भन्ने पनि परेको छ । त्यस्तो होइन् । यो सहयोगी मात्र हो ।

पहिल यो प्लाज्मा लिने र दिने कम भएको थियो । अहिलेको परिवेशमा त्यो छैन् । मिडियाहरुले यतिधेरै प्रचार गरिएको छ । यतिधेरै भोलेन्टियर ग्रुपहरु छन् । डाक्टरहरु छन् ।
अर्को कुरा कोभिड लागेर निको भएर आएको ल म प्लाज्मा दान दिन्छु भनेर अगाडि आएको अवस्था छैन् । उहाँहरु किन पछाडि हुनुहुन्छ । उहाँहरुलाई के समस्या छ । त्यो अहिलेसम्म हामीले बुझ्न सकेका छैनौँ । अहिलेको अवस्थामा मिलेर जाने हो । एकले अर्कालाई सहयोग नै गर्ने हो । सरकारले, स्वास्थ्यर्मीले मात्रै गरेर केहि हुँदैन ।

सबैको आ–आफ्नो दायित्व हुन्छ । अहिले १५ देखि २० वटा प्लाज्माको माग छ । डोनर छैनन् । दुई जनापनि म प्लाज्मा दिन्छु भनेर आगाडि आएर दिनुभएको छैन् । यस्तो अवस्थामा म के भन्छु भने सबैले आ–आफ्नो उत्तरदायित्व पूरा गरौं । रक्तदान गरेर, प्लाज्मा दान गरेर केहि घाटा हुने होइन् । खेर जाने रगतमात्र दिने हो । लुकेर नबसौँ । अगाडि आऔँ । रक्तदान गरौँ, प्लाज्मा दान गरौँ ।

(फाउण्डेसन हिरोन्डेल्लको सहयोगमा आउटलाइन मिडियाले उत्पादन गरेको रेडियो कार्यक्रम ‘कोरोनाका कुरा’ मा रक्तसञ्चार विशेषज्ञ डा. नेपालसँग गरिएको कुराकानीको सम्पादीत अंश)


  •  
  •  
  •