निगमले ४ वटा पुराना जहाज बेचेर नयाँ किन्ने

181
  •  
  •  
  •  

काठमाडौं २२ चैत : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पुराना ४ वटा जहाज बिक्री गरेर ८ थान नयाँ जहाज खरिद गर्ने घोषणा गरेको छ ।

निगमले आन्तरिक उडान गरिररेका ४० वर्ष पुराना तीन थान ट्वीनटर जहाज सहित तीन दशक पुरानो बोइङ ७५७ सिरिजको एक थान जहाज डेढ वर्षभित्र विस्थापन गर्ने भएको हो । हाल बोइङले अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । केही समयअघिमात्र निगमले एक थान बोइङ बीबी एयरलाइन्सलाई बिक्री गरिसकेको छ ।

“पुराना जहाज १५ महिनाभित्र विस्थापन गरेर ८ थान नयाँ जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाउँदैछौं,” निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने । निगमले ६ थान आन्तरिक उडानका लागि भाइकिङ ट्वीनटर जहाज खरिद गर्ने प्रक्रिया अघि बढाएको छ भने अन्तर्राष्ट्रिय उडानमा २ थान एयरबस ३२०–२०० सिरिजका न्यारोवडी जहाज पनि खरिद प्रक्रिया अघि बढाउन लागेको कंसाकारले जानकारी दिए ।

तीन वर्षअघि पनि निगमले सोही सिरिजका २ थान जहाज खरिद गरेको थियो । हाल उक्त दुई थान जहाजले अन्तर्राष्ट्रिय उडान गर्र्दै आएको छ भने असारभित्रै निगमले खरिद गरेका दुई थान एयरबस ३३०–२०० सिरिजका जहाज नेपाल आउँदैछन् । निगमसँग हाल अन्तर्राष्ट्रिय उडानका लागि तीन थान जहाज छन् भने आन्तरिक उडानका लागि ९ थान जहाज छन् ।

अन्तर्राष्ट्रियतर्फको एक थान पुरानो बोइङ विस्थापन गरेर थान दुई थान जहाज खरिद गरेपश्चात ६ थान जहाज निगमसँग हुनेछन् । जसबाट धेरै गन्तव्यमा जान सकिने भएकोले जहाज खरिद प्रक्रियालाई प्राथमिकता दिएको कंसाकारले मंगलबार एक कार्यक्रममार्फत घोषणा गरेका हुन् ।यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।


  •  
  •  
  •