यात्रु वहाक विमान दुर्घटनामा ४८ को मृत्यु

280
  •  
  •  
  •  

काठमाडौं, २५ साउन (एजेन्सी) इरानमा एक विमान मानव बस्तीमा खस्दा ४८ जनाको मृत्यु भएको छ। इरानको सरकारी मिडियाले जनाए अनुसार पश्चिमी इरानको मेहेदाबाद विमानस्थलबाट उडेको केही समयमै सो बिमान दुर्घटनाग्रस्त भएको हो।

इरानी अधिकारीका अनुसार विमानमा दुई शिशु तथा १२ वर्षमुनिका तीन बालबालिका थिए। शेपहान एयरलान्सको सो विमान अजद आवासीय क्षेत्रमा खसेको हो। इरानको सरकारी टेलिभिजनका अनुसार सो क्षेत्रका ३ जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ।

दुर्घटनाग्रस्‍त बिमान तबसा गइरहेको थियो। पुरानो भएका कारण बिमानमा खराबी आएर दुर्घटना भएको प्रारम्भिक रिपोर्टमा जनाइएको छ। दुर्घटनाग्रस्त जहाज सन् १९९० अघि रसियामा बनेको बताइएको छ।  पछिल्ला २५ वर्षमा इरानमा २ सय भन्दा बढी विमान दुर्घटनामा २ हजारले ज्यान गुमाएका छन्।


  •  
  •  
  •