जसले नेपालमा युएस बंगला विमान भित्र्याए, दुर्घटनामा अस्ताए

230
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन : दुई वर्षअघि नेपालमा युएस–बंगला एयरलाइन्सको उडान सुरु गराउँदा शंकर पौडेल निकै उत्साही थिए। बंगलादेश हुँदै नेपाललाई अमेरिकासम्मको हवाई रुटमा जोड्न पाएकोमा उनी गर्व गर्थे।

पौडेलको नमस्ते ट्राभल कम्पनी नै युएस–बंगला एयरलाइन्सको जनरल सेल्स एजेन्ट थियो।

तर, नेपालमा युएस–बंगला भित्र्याउने पौडेलले सोही जहाज दुर्घटनामा परी ज्यान गुमाउनु पर्‍यो। ‘जसले युएस–बंगला नेपालमा ल्याए, उनै सोही विमान दुर्घटनामा बिते,’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा पौडेलका साथी भरतराज आचार्यले भने।  नयाँपत्रिकामा खबर छ।


  •  
  •  
  •