पाँच सभासद बोकेको विमान दुर्घटनाबाट जोगियो

140
  •  
  •  
  •  

काठमाडौं २४ कत्तिक ।
पाँच जना सभासद सहित १५ यात्रु लिएर फाप्लु बाट काठमाडौंका लागि उडेको जहाज दुर्घटनाबाट जोगिएको छ। नेपाल वायु सेवा निगमको नाईन एन. ए. बि. यु. जहाज धावन मार्गबाट अगाडी बढ्ने क्रममा अकस्मात ईन्जीनमा समस्या आएपछि ग्राउन्डेड भएको हो।

भर्खरै कालोपत्रे सकिएको विमानस्थलमा यात्रु सहितको जाहाज अगाडी बढ्ने क्रममा दायाँ तर्फको पंखा नघुमेपछि ग्राउण्डेड भएको नागरिक उड्यन प्राधिकरण फाप्लुका एटिसि अफिसर हरि अधिकारीले जानकारी दिए। विमानमा संबिधानसभा निर्वाचन अध्ययन अनुसन्धान तथा सुझाब सम्बन्धि संसदीय विशेष समितिका संयोजक एवं सभासद लक्ष्मणलाल कर्ण, सभासदहरु रामनारायण बिडारी, भानुभक्त ढकाल, कमल प्रसाद पंगेनी, रेखा शर्मा लगायत संसद सचिवालयका कर्मचारीहरु सवार थिए। नागरिकबाट


  •  
  •  
  •