इरानमा विमान दुर्घटना हुँदा ४८ जनाको मृत्यु

93
  •  
  •  
  •  

 काठमाडौं २५ साउन (ओएनएस) :  इरानमा विमान दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । स्थानीय संचारमाध्यमले जनाएअनुसार इरानको मेहेदावाल विमानस्थलबाट उडेको केही समयमै विमान दुर्घटना भएको हो ।

शेपहन एयरलाइन्सको उक्त विमान अजद आवसीय बस्तीमा खसेको छ । विमानमा दुई शिशु र १२ वर्ष मुनिका बालबालिका रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

तबसा तर्फ गइरहेको विमान पुरानो भएर खराबी भएकाले दुर्घटना भएको जनाइएको छ । विमान खस्दा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।  उक्त दुर्घटनाग्रस्त विमान सन् १९९० मा रसियामा बनेको जनाइएको छ ।


  •  
  •  
  •