यस्तो थियो पाइलटको शारीरिक र मानसिक अवस्था

142
  •  
  •  
  •  

 काठमाडौं, १ चैत : पाइलटहरूका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक रूपमा विश्वका अन्य विमानस्थलको तुलनामा जोखिमपूर्ण मानिन्छ।

खासगरी, अग्ला चुचुरा छिचोलेर उपत्यका प्रवेश गर्नुपर्ने र घना बस्तीको बीचमा छोटो दूरीको धावनमार्गमा जहाज उडान–अवतरण गर्नुपर्ने चुनौती हुन्छ। युएस–बंगला एयरलाइन्सको उडान नम्बर युबिजी २११ (डिएच८डी) जहाजको कमान्ड सम्हालेका पाइलट अबिद सुल्तान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र यहाँको धावनमार्गसँग अभ्यस्त थिए। किनभने उनले यसअघि पनि पटक–पटक काठमाडौंको उडान भरिसकेका थिए।

बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार सुल्तानले दुर्घटनामा ज्यान गुमाउनुअघि पाँच हजार घन्टा जहाज उडाइसकेका थिए । सोमबार दुर्घटनामा परेको जहाज भने १ हजार ७०० घन्टा उनको कमान्डमा उडेको थियो। बंगलादेशको इन्टरनेट न्युजपेपर बिडिन्युजडटकमका अनुसार सोमबार नै उनी क्यानडाबाट सोही जहाज उडाएर बंगलादेश आएका थिए। त्यसपछि दोस्रो उडानका क्रममा बंगलादेशबाट नेपाल आएको बिडिन्युजको समाचारमा उल्लेख छ। –नयाँपत्रिकामा खबर छ।


  •  
  •  
  •