विमान दुर्घटना छानबिनका लागि आयोग गठन

234
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन (ओएनएस) : सरकारले सोमबार भएको युएस बङ्गला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ।

मन्त्रिपरिषद् बैठकले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाचँबुझ आयोग गठन गरेको हो। सोमबार त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा अवतरणको क्रममा विमान दुुर्घटना हुँदा ४९ जनाले ज्यान गुमाएका थिए।

आयोगका सदस्यमा प्रमुख सेनानी डा राजीव देव तथा क्याप्टेनत्रय केके शर्मा, सुनील प्रधान र उद्धवप्रसाद सुवेदी र सदस्यसचिवमा सहसचिव बुद्धिसागर लामिछाने छन्।

वातावरणमन्त्री लालबाबु पण्डितले आयोगले यथाशीघ्र प्रतिवेदन बुझाउनुपर्ने निर्णय गरेको बताए।


  •  
  •  
  •