हाँसीपुरलाई बालमैत्री गाविस बनाउने बालबालिकाको योजना

650
  •  
  •  
  •  

बिमल योगी

दाङ,२६ साउन (ओएनएस) दाङको हाँसीपुरलाई बालमैत्री गाविस बनाउन बालबालिकाहरुले १५ वटा कार्ययोजना तयार गरेका छन ।

हाँसीपुरमा आयोजित बालमैत्री स्थानिय शासन सम्वन्धि सुचकहरुका बिषयमा आयोजित पुर्नताजकी तालिममा सहभागी बालबालिकाहरुले हाँसीपुरलाई बालमैत्री गाविस बनाउन कार्ययोजना तयार गरेका हुन ।

जनहित महिला बचत तथा ऋणसहकारी संस्था र बाल सञ्जालको आयोजना एव्म हाँसीपुर गाविसको सहयोगमा भएको तालिममा सहभागी बाल क्लव र सञ्जालका पदाधीकारीहरुले आगामी एक बर्षका लागी कार्ययोजना बनाएका हुन ।

जस अनुसार बालबालिकालाई उचित बजेट बिनियोजन गर्न गाविसलाई अनुरोध गर्ने,बिकट वस्तीमा बालबिकाश केन्द्र स्थापनाका लागी शिक्षा कार्यालय र गाविसलाई अनुरोध गर्ने,असहाय बालबालिकाको संरक्षणका लागी बालगृहको स्थापना गर्न पहल गर्ने,मातृ तथा नवजात शिशु स्याहार अन्तरगत ६ महिना सम्म आमाको मात्रै दुध खुवाउन सुत्केरी आमाहरुलाइ सचेत बनाउने रहेका छन ।

यस्तै गाविसमा बढ्दो बालविवाह न्यूनीकरणका लागी घरदैलो गर्ने,सडक नाटक प्रर्दशन गर्ने,सवै बालबालिकाको जन्म दर्ता गराउन सहयोग गर्ने र आमा तथा बच्चालाइ पोषिलो खानपिनको व्यवस्था गर्न अभिभावकलाई सचेत बनाउने पनि कार्ययोजनामा समेटिएको छ ।

दुई दिन सम्म चलेको तालिमको प्रशिक्षकमा पत्रकार तथा बालमैत्री सहजकर्ता बिमल योगी रहनुभएको थियो । भने कार्यक्रमको सञ्चालन गाविसका सामाजिक परिचालक गोविन्द पुनले गरेका थिए ।


  •  
  •  
  •