अब यि १२ अस्पतालबाट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार

123
  •  
  •  
  •  

काठमाडौं । नेपालका विभिन्न १२ अस्पतालबाट कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिने भएको छ ।

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न १२ वटा अस्पताल तोकेको हो ।

पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार सफल भएलगतै एनएचआरसीले देशभर यसलाई विस्तार गर्न लागेको हो । परिषद्का सदस्य सचिव प्रदीप ज्ञवालीका अनुसार सम्भाव्य अवलोकन क्लिनिकल स्टडीका लागि नौ सरकारी र तीन निजी अस्पताल छनोट गरिएको छ ।

सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल, पाटन, शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी र धुलिखेल अस्पताल छन् । निजीतर्फ मेडिसिटी, ह्याम्स र ग्राण्डी अस्पताल कन्भलेसेन्ट प्लाज्माथेरापीबाट उपचारका लागि छनोट गरिएको छ । दाता र रिसिभर दुबैको स्वेच्छाले मात्र यो विधिबाट उपचार गरिने ज्ञवालीले बताए ।


  •  
  •  
  •