चलचित्र ‘पिके’बाट सेन्सर बोर्डले कैची लगाएका दृश्य सार्वजनिक…(भिडियो)

266
  •  
  •  
  •  

pk-posterकाठमाडौ/चैत : आमिर खानद्धारा अभिनित राजकुमार हिरानीको चलचित्र ‘पिके’का केही दृश्यहरू सेन्सर बोर्डले कैँची लगाएको थियो । चलचित्र सार्वजनिक गर्नुभन्दा पहिले कैँची लगाइएका ती दृश्यहरू सार्वजनिक भएका छन् । ती दृश्यहरू युट्युबमा भाइरल भएका छन् ।

यी दृश्यहरूमा आमिर खान पानीमा भिज्दै नृत्य गरेको दृश्य रहेको छ । अनुष्का शर्मा र सुशान्त सिंहको चलचित्रको अन्त्यमा रहेको नृत्य जुन आमिर खानले अनुष्कालाई खुसी बनाउन चलचित्रमा गरेका थिए । यस्तै, चलचित्रमा हटाइएको प्रमुख दृश्य हो, आमिर खानले ‘डान्सिङ्ग कार’मा भगवान भेटेको दृश्य । यतिमात्र नभई आमिर खानले भगवानलाई पैसा दिने र नरिबल फोड्दै गरेको दृश्य पनि हटाइएको छ ।

यस चलचित्रमाथि धार्मिक भावनामा ठेस पुर्याएको विषयलाई लिएर निकै विवाद भएको थियो । यस्तोमा यी दृश्य चलचित्रमा भएको भए थप विवाद बढ्न सक्थ्यो । तरपनि यस चलचित्रले असाधारण रूपले कमाई गर्दै बक्स अफिसको सबै रेकर्ड तोडिदिएका थिए ।

हेरौ उक्त दृश्यहरू भिडियोमा…


  •  
  •  
  •