लागूऔषधसहित दुई युवक पक्राउ

745
  •  
  •  
  •  

सिरहा । लागूऔषधसहित सिरहामा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।  प्रहरीचौकी ठडीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा लागूऔषधसहित भगवानपुर गाउँपालिका–५ निवासी २१ वर्षीय मुकेश कुमार र २५ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो ।

प्रतिकात्मक तस्बिर

मोटरसाइकलमा आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा डाइलेक्स डिसी १५ बोतल, डाइजेल्याब १८ पिस, प्रेमेथिन हाइड्राइड १८ पिस, नोरफिन १९ पिस र नाइट्रोभेट ३० पिस बरामद भएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

यसअघि प्रहरीचौकी झाझपट्टिबाट खटिएको गस्ती टोलीले मंगलबार चेकजाँचको क्रममा लागूऔषध डाइलेक्स डिसी ४६ बोतलसहित जिल्लाको सखुवानन्कारकट्टि गाउँपालिका–१ निवासी २३ वर्षीय रन्धिर यादवलाई पक्राउ गरेको थियो ।


  •  
  •  
  •