चोर बजारबाट ल्याएको ‘पिके’को रेडियोको मूल्य डेढ करोड भारू

282
  •  
  •  
  •  

pk-posterकाठमाडौ/मंसिर : चलचित्र ‘पिके’को पोष्टरमा अमिर खानको नग्न पोष्टरमा प्रयोग गरिएको रेडियोको निकै चर्चा भएको थियो । अंग्रेजी अखबार ‘मिड डे’का अनुसार यो रेडियोको अनलाइनमार्फत लिलामी भइरहेको छ । उक्त रेडियो किन्नका लागि डेढ करोड भारतीय रूपैयाँको प्रस्ताव गरिएको बताइएको छ ।

समाचारका अनुसार यो रेडियो मुम्बईको चोर बजारबाट मात्र २ सय २७ भारतीय रूपैयाँमा किनिएको थियो । तर, अहिले यसको बिक्री मूल्य हजार या लाख नभएर करोडसम्म नै पुगेको छ ।

चलचित्रका प्रवक्ताले यस समचारको पुष्टी गर्दै भनेका छन्, ‘हामीलाई यो रेडियोको लागि निकै ठुलो रकम अफर गरिएको छ । तर, अमिरलाई भने यो रेडियो बेच्ने विचार भने मन परेको छैन् ।’

एक स्रोतलाई उदृत गर्दै मिड डेले भनेको छ, ‘अमिर आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्रममा प्रयोग गरेको कुनै चीज कसैलाई दिन नहुने भन्ने सोचाई राख्छन् ।’
एकातिर मार्केटिङ टोलीले अमिर खानलाई मनाउने प्रयास जारी राखेको छ भने अर्कोतर्फ नायीका अनुष्का शर्माले अमिर र चलचित्र निर्देशक राजकुमार हिरानीलाई उक्त रेडियोलाई सम्झनाका लागि राख्नु पर्ने सुझाव दिएकी थिइन् । 


  •  
  •  
  •