अमिर खान ‘चोर’, क्युम बैरियर्सको पोज चोरेको आरोप

100
  •  
  •  
  •  

काठमाडौ, १९ साउन(एजेन्सी): अमिर खानको आगामी चलचित्र ‘पिके’को पोष्टरका सम्बन्धमा भइरहेको विवाद त्यति सहजै टुङ्गिने देखिएको छ । न्युडिटीको आरोपमा मुद्दा दर्ता भएपछि अदालतसम्म पुगेको चलचित्र ‘पिके’ पुनः अर्को विवादमा तानिएको छ ।

pk poster copiedउक्त पोष्टर पनि चोरिएको भन्दै पोष्टर समेत चोरी गरेर बनाइएको भन्दै थप विवादमा परेको छ । उक्त पोष्टर पोर्चुगलका संगीतकार क्युम बैरियर्सले सन् १९७३ मा यस्तै खाले पोष्टर सार्वजनिक गरेका थिए, जसमा उनी न्युड भएर एक अर्किडियनले आफ्नो गुप्त अंग छोपेका थिए । बैरियर्सले आप्नो एक एल्बमको प्रोमोसनका लागि यो पोष्टर सार्वजनिक गरेका थिए । ‘पिके’को पोष्टरमा पनि अमिर खान न्युड छन् र एक रेडियोले आफ्नो गुप्त अंग ढाकेका छन् ।


  •  
  •  
  •