चलचित्र ‘पिके’ले कमायो २ दिनमा ५७ करोड

334
  •  
  •  
  •  

pk-posterबलिउडका चर्चित नायक अमिर खानको चलचित्र ‘पिके’ले बक्स अफीसमा निकै राम्रो व्यवसाय गरिरहेको छ । चलचित्रले पहिलो दिन शुक्रबार करिब २७ करोड भारतीय रूपैयाँ कमाउन सफल भयो । चलचित्रको सफलताको श्रृंखला जारी रहेको छ । शनिबार चलचित्रले ३०.३४ करोड भारतीय रूपैयाँ कमाएको बताइएको छ । उक्त हिसाबले पिकेले दुई दिनमा ५७.३४ करोड भारतीय रूपैयाँ कमाएको छ ।

aamir khan film pkचलचित्र ‘पिके’को सिनेमाघरहरूबाट निकै राम्रो गरेको समाचारहरू आएको बताइएको छ । साथै चलचित्रलाई मौखिक प्रचार पनि निकै धेरै प्राप्त भएको छ । अर्कोतर्फ चलचित्र समिक्षकहरुले पनि उक्त चलचित्रको प्रशंसा गरेका छन् । यस्तो अवस्थामा चलचित्रले आगामी दिनमा केही रेकर्डहरू पनि कायम गर्न सक्ने अनुमान भारतीय सञ्चारमाध्यमहरूमा गरिएको छ ।

एक मिडिया हाउसका अनुसार चलचित्रले बिहानको शोहरुमा खासै राम्रो व्यापार गर्न नसकेपनि दिउँसोबाट मानिसहरूको घुइँचो निकै बढेको थियो ।

aamir khan film pk2ट्रेड विशेषज्ञहरूले चलचित्रले आइतबार दुईदिनको तुलनामा अझ राम्रो प्रदर्शन गर्ने र राम्रो कमाई गर्ने अनुमान गरेका छन् । ‘पिके’का लागि अग्रिम बुकिङ अहिले पनि खुल्ला रहेको बताइएको छ ।


  •  
  •  
  •