‘पिके’ले तोड्यो धूम-३ को रेकर्ड

95
  •  
  •  
  •  

aamir khan film pkकाठमाडौ/ पुस(एजेन्सी) : राजकुमार हिरानीको निर्देशनमा बनेको चलचित्र ‘पिके’ १४ दिनमा २८४.५० भारतीय रूपैयाँ कमाएर भारतमा सबैभन्दा बढि व्यापार गर्ने चलचित्र बनेको छ । यसका साथै अमिर खानले अभिनय गरेको पछिल्लो चलचित्र ‘धूम-३’को रेकर्ड तोडेको छ ।

सन् २०१३ मा आएको अमिरको चलचित्र ‘धूम-३’ले २८०.२५ करोड कमाई गरेर सबैभन्दा धेरै व्यापार गर्ने चलचित्र बनेको थियो । तर, अब यो चलचित्र दोस्रो स्थानमा पुगेको छ ।

सुरूवातको तीन दिनलाई छोडेर बाँकी दिनमा ‘पिके’ले कमाईको नयाँ रेकर्ड बनाएको छ । शुक्रवारले चलचित्रले बक्स अफिसमा ६.१५ करोड रूपैयाँ कमाई गरेको थियो ।

पछिल्ला दिनमा ‘पिके’को देशभरमा विरोध भइरहेको छ र चलचित्रविरूद्ध मानिसलाई धार्मिक भावनामा ठेस पुर्याएको आरोप लागेको छ ।


  •  
  •  
  •