थिएटर मलमा ‘पीत हास्य’

95
  •  
  •  
  •  

काठमाडौं, ८ साउन (ओएनएस)  : काठमाडौंमा भर्खरै खुलेको नाटकघर ‘थिएटर मल’मा नया नाटक ‘पीत हास्य’(एल्लो कमेडी) सुरु भएको छ । थिएटर मलका लागि शिल्पी नाट्य समूहको प्रस्तुती पीत हास्य विभिन्न कथाहरुको माला हो । शिल्पीले सञ्चालन गरेको तीन महिना अवधिको कथावाचन कार्यशालाका प्रशिक्षार्थीहरुले आफूले देखेका÷भोगेका कुरालाई नै नाटकको कथाबस्तु बनाइएको छ ।

कथावाचनको विभिन्न शैलीहरु ः प्राचीन कथावाचनको शैली, आवाज, माइम आदिको प्रयोग नाटकमा गरिएको छ । नेपाली नाटकका दर्शकहरुका लागि पनि पीत हास्य नया“ स्वाद हुन सक्छ । पीत हास्यले दर्शकमा हास्य रस सिर्जना गर्ने कोशिस गरेको छ ।

शिल्पीले यसअघि दुई भागमा मञ्चन गरिसकेको पीत हास्यलाई दुबै भागका राम्रा प्रस्तुतीहरुको संयोजन गरेर नया“ स्वरुप प्रदान गरी थिएटर मलमा मञ्चन गरिएको छ । शनिबारदेखि सुरु भएको पीत हास्यको मञ्चन थिएटर मलमा भदौ १४ शनिबारसम्म हरेक सा“झ ५ः३० बजे हुने थिएटर मलका केदार श्रेष्ठले जनाए ।

नाटकमा रोशन मेहता, प्रकृती कार्की, सरिता साह, मेधा कोइराला, सोनाम मोक्तान, राम लक्ष्मणले अभिनय गरेका छन् । उनीहरु घिमिरे युवराज, गंगा तिवारी र क्यामिलाको कार्यशालामा थिए । मण्डला थिएटरको सुनकेशरी नाटकबाट उदघाटन गरिएको थिएटर मलमा पीत हास्य दोस्रो नाटक हो । थिएटर मलले आफ्नै नाटक दशैंपछि मञ्चन गर्नेगरी तयारी गरिरहेको छ । पहिलो पटक व्यापारिक भवन काठमाडौं मलमा निर्मित थिएटर मल गत साउन ३० गतेदेखि सञ्चालनमा आएको हो ।


  •  
  •  
  •