पेस्तोलसहित तीन जना पक्राउ

432
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर : पेस्तोलसहित तीन जनालाई प्रहरीले तनहुँको आँबुखैरनीबाट पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा आँबुखैरेनी गाउपालिका ४ का २६ वर्षका जय गुरुङ,,२४ वर्षका विजय गुरुङ र सोहि गाउपालिका ३ का २८ बर्षका अभियान श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट युएएसमा निर्मित ६ राउण्ड गोली लोड भएको ३ थान पेस्तोल,एक्स्ट्रा म्याक्जिन ३९ थान,एक्स्ट्रा गोली,गोली नभएको खाली अवस्थाको इटालियन पेस्तोलएक थान म्यागनम हतियारमा लाग्ने गोली ४८ थान, खेलौना पेस्तोल १ थान चक्कु एक थान बरामद गरेको छ ।


  •  
  •  
  •