आज पृथ्वीजयन्ती, चर्चामा रहेका एकता दिवस यसकारण मनाइएन

544
  •  
  •  
  •  

काठमाडौं २७ पुस (ओएनएस) : सरकारमा सहभागि दल र मन्त्तीको विवादका बीच यसपटक पनि नेपाल एकीकरणकाका अभियानता पृथ्वीनारायण शाहको जन्म पिदनमा एकता दिवस मनाइएन । सरकारले नमनाएपनि गैरसरकारी क्षेत्रमा मनाइदैछ । २ सय ९४ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

१७७९ साल पुस २७ गते गोर्खामा जन्मनुभएका शाहले आफ्नो शासनकालमा भुरेटाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गर्नुभएको थियो ।
यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२र२०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो ।

तर जनस्तरमा यो दिवस मनाउने क्रम भने कायमै छ । पछिल्ला वर्षहरुमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारमाथि दबाब बढिरहेको छ । यसपटक पनि मन्त्रिपरिषदमा छलफल भएपनि सहमति नजुटेपछि एकता दिवस मनाउने कार्यक्रम तय नगरिएको हो । उप प्रधानमन्त्री कमल थापा र सीपी मैनालीले नै मन्त्रिपरिषदमा प्रस्ताल लगेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद बढ्ने भन्दै अस्वीकृत गर्नु भएको थियो ।


  •  
  •  
  •