के पृथ्वीनारायण शाहले जातीय राज्य खोसेका थिए ?

308
  •  
  •  
  •  

काठमाडौं २६ पुस (ओएनएस) :  पश्चिमा जगतमा चिसो वातावरण, खेती नै नहुने अवस्था थियो । खानेकुराकै लागि ठूल्ठूला लडाइँ झगडा हुन्थे । खेती नहुने भएपछि प्रविधिका आविष्कार भए । प्रविधिबिना नबाँच्ने समाज बन्यो । त्यसैले मानिसहरु क्लस्टर–क्लस्टरमा बस्थे । झुन्ड–झुन्डमा बस्थे । तिनै झुन्ड पछि सहरका रुपमा विकास भए । कालान्तरमा ती राज्य भए । त्यहाँ बस्ने जातिलाई राष्ट्र भनियो । अर्थात्, ती राष्ट्र वा राष्ट्रियताको निरन्तरता जुन भूगोलसम्म रहन्छ, त्यही भूगोललाई एकल जातीय राज्य कायम गरिए ।

गाउँ वा राज्यभरिका अगुवाहरुबाट नाइके चुन्ने प्रणालीलाई आवधिक निर्वाचन प्रणाली मान्न सकिन्छ । आम मताधिकारको व्यवस्था नभए पनि निश्चित घरमूली र सम्भ्रान्तहरुले मताधिकार प्रयोग गर्थे ।

पूर्वमा एउटा जाति राष्ट्रका रुपमा विकास भएको उदाहरण निकै कम छ । धेरै जाति र एउटा राज्यको ढाँचामा यहाँको सभ्यता विकसित भएको छ । अर्थात्, यहाँ कुनै पनि जातीय समूह राष्ट्रका रुपमा नआउँदै राज्य बनेकोमा मानवशास्त्री एवम् राजनीतिशास्त्रीहरु एकमत छन् ।
खासगरी एसियामा कमजोर समुदायहरु मिलेर बस्ने पद्धति विकास भयो ।

download
सिंगो भारतमा राजतन्त्रको लामो प्रयोग भयो । तर, नेपालसँग जोडिएका धेरै राज्यचाहिँ संघ–राज्य थिए, सुरु चरणका मल्ल राज्य, अवध राज्य जस्ता । यो हाम्रो पूर्वीय सभ्यता हो ।

संघीयताको पुरानो मोडल खोज्ने हो भने युरोपमा भन्दा यहाँ पूर्वीय दुनियाँमा झन् फरक छ । यहाँको पद्धति बढी प्रजातान्त्रिक, जनस्वीकार्य र सहभागितामूलक देखिन्छ ।

जस्तो : गाउँ वा राज्यभरिका अगुवाहरुबाट नाइके चुन्ने प्रणालीलाई आवधिक निर्वाचन प्रणाली मान्न सकिन्छ । आम मताधिकारको व्यवस्था नभए पनि निश्चित घरमूली र सम्भ्रान्तहरुले मताधिकार प्रयोग गर्थे । अवशेषका रुपमा अहिले पनि थारु समुदायमा बडघर छान्ने परम्परा कायम छ ।

यी चर्चाबाट के निष्कर्ष निकाल्न सकिन्छ भने यो मुलुकमा संघीयता हुने हो भने साझा राष्ट्रभित्र उभिएको संघीयता हुन्छ । फेरि, यहाँको संघीयतामा अलग–अलग राज्यलाई मिलाएर संयुक्त राज्यको अवधारणाबाट जाने पनि होइन । हिजो सबै मिलेर राजा चुन्थे भनेजस्तै अब पनि सबै मिलेर नै शासक चुन्ने हो ।

राजतन्त्र वंश परम्परा थियो । तर, मल्लकालमा समेत राजा एक्लैले निर्णय गर्दैनथे । टोल नाइकेहरु भेला हुन्थे । सरसल्लाह हुन्थ्यो । दरबारकै समस्यामा पनि तिनले फैसला गर्थे । नरभूपाल शाहकै दरबारका निर्णय ‘६ थर’ बसेर गर्ने प्रचलन थियो ।
संघराज्यका चरित्र राजतन्त्रको अभ्यासमा पनि थिए । तर, अलग जातीय राज्यको अभ्यास कतै पनि पाइँदैन, नेपालको इतिहासमा । बरु आदिकालदेखि यस क्षेत्रमा मिलेर बस्ने समुदायका रुपमा रहेको देखिन्छ । सहभागितामूलक राज्य व्यवस्था चलाएको देखिन्छ ।
०००
अहिले पृथ्वीनारायण शाहको एकीकरण प्रयासको आलोचना गर्ने, आफ्नो जातको राज्य खोसेको भन्दै एकल जातीय राज्यको दाबा गर्ने स्वरहरु उठेका छन् । पृथ्वीनारायण शाहले के जातीय राज्य खोसेका थिए ?

उनले एकीकरण गर्दा माझकिराँतमा मन्त्री बाहुन थिए । त्यो एकल जातीय राज्य थियो ? थिएन । किराँत–लिम्बू राज्यहरु पनि स्वतन्त्र थिएनन् । ती सेन राज्यअन्तर्गत थिए । कर उठाउन दिने प्रयोजनका लागि स्थानीय स्वायत्त इकाइजस्ता थिए ती ।

अहिले तराईको सम्पूर्ण सम्म भूमि मधेस राज्य कायम हुनुपर्ने आवाज उठाइएको छ । त्यसका पछाडि कुनै ऐतिहासिक आधार छ भन्ने स्पष्ट छैन । पश्चिम तराई पाल्पाको सेन राज्यअन्तर्गत थियो । मकवानपुरको सेन राज्यअन्तर्गत पनि ठूलो तराई भूभाग पथ्र्यो । पूर्वमा उदयपुर र विजयपुरले पनि तराईको ठूलो भूमि आफ्नो राज्यसीमाभित्र पारेका थिए । यी पनि सेन राज्य थिए ।

पृथ्वीनारायणले एकीकरण गर्दा तीन सेन राज्य र तीन मल्ल राज्य थिए । प्युठानको उदयपुर कोटमा कार्की अधिकारी राजा थिए । अन्यत्र जुनसुकै राज्यमा ठकुरी थिए । ठकुरीलाई नै पृथ्वीनारायण शाहले जितेका थिए ।

त्यसैले अहिले एकल जातीय राज्यको कुरा उठाउँदा जुन ऐतिहासिक आधार दिइन्छ, त्यो सतही र साम्प्रदायिक भावना भड्काउन प्रयोग गरिएको प्रोपोगान्डामा आधारित देखिन्छ । यो पूर्वीय समाज विकासको मूल्य मान्यतासँग तादात्म्य राख्दैन ।
यी चर्चाबाट के निष्कर्ष निकाल्न सकिन्छ भने यो मुलुकमा संघीयता हुने हो भने साझा राष्ट्रभित्र उभिएको संघीयता हुन्छ । फेरि, यहाँको संघीयतामा अलग–अलग राज्यलाई मिलाएर संयुक्त राज्यको अवधारणाबाट जाने पनि होइन । हिजो सबै मिलेर राजा चुन्थे भनेजस्तै अब पनि सबै मिलेर नै शासक चुन्ने हो ।

gorkha_darbar_tour_prachanda2731
काठमाडौं हान्नुअघि पृथ्वीनारायण शाह उपत्यकाको अवलोकन गर्दै संग्रहालयमा राखिएको तस्बिर

यहाँको जातिगत बसोवासको बनोट र भूराजनीति हेर्दा पनि शास्त्रीय आदिवासीको अवधारणासँग मेल खाँदैन । अन्यत्र उपनिवेशसँग जोडिएर आदिवासी–अनादिवासी छुट्टिन्छ । हामी कहिल्यै उपनिवेश भएनौँ ।

आधुनिक नेपाल निर्माण हुँदा नेपाल राज्यसँग आबद्ध सबैको सहभागिता रह्यो । त्यसैले पृथ्वीनारायण शाहले एकीकरण गर्दादेखि जो नेपालमा थिए, सबै आदिवासी हुन् । यहाँको परिभाषामा पनि यही भनिएको छ । को पहिले आए भन्ने व्यवस्थित अभिलेख छैन । तमुवान भनिएका ठाउँमा बाहुन पहिला पुगेका छन् । नेवाः भनिएका ठाउँमा किराँत पुगेका छन् । किराँत भनिएका ठाउँमा अरु जातिको पनि समानान्तर इतिहास छ ।

त्यसैले भन्न सकिन्छ, पृथ्वीनारायणले कुनै जातीय राज्य अपहरण गरेका थिएनन् । कसैको एकल जातीय स्वायत्तता खोसेका थिएनन् । बरु सबै जातिको राष्ट्रिय सेना बनाए । आफ्नो दरबारमा सबै जातिलाई स्थान दिए । सबै जातिको सल्लाह र सहभागितामा निर्णय गर्थे । धेरै विजित राज्यलाई त उनले स्वायत्तता नै दिएका थिए, पछि पञ्चायतकालमा राजा महेन्द्रले राजारजौटा ऐन ल्याएर खारेज गरेका हुन् ।

(विभिन्न इतिहासकार, मानवशास्त्री तथा राजनीतिशास्त्रीहरूसँगको कुराकानीका आधारमा ओएनएस टिमले तयार पारेको सामग्री)


  •  
  •  
  •