प्रितमलाई भव्य स्वागत

111
  •  
  •  
  •  

काठमाडौं । भारतीय टेलिभिजन च्यानल जी टीभीको रियालीटी सो ‘सारेगमप लिटिल च्याम्स २०१९’ मा तेस्रो भएका प्रितम आचार्यलाई भव्य स्वागत गरिएको छ ।

झापाको काकडभिट्टामा उनको स्वागत गरिएको हो । प्रितमले सारेगम पको ग्रान्ड फिनालेमा सहभागी हुँदै तेस्रो भएका थिए । प्रितम सोमबार नेपाल फर्किएका हुन् ।

उनको फोटो राखिएको प्ले कार्डसहित सयौँको संख्यामा मानिसहरु स्वागतका लागि पानीट्यांकी सीमामा पुगेका थिए । प्रितमलाई लिन उनको परिवार मेची पुलमै पुगेको थियो ।

त्यहाँबाट उनलाई नगर परिक्रमासमेत गराइएको थियो ।
सो मा अर्का नेपाली आयुष केसी चौँथो भएका थिए । २०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए ।


  •  
  •  
  •