१७ वर्षपछि बन्‍ने भयो प्रहरी प्रतिष्ठान

310
  •  
  •  
  •  

काठमाडौं ११ मंसिर ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रहरी प्रतिष्ठान निर्माणका लागि आठ अर्ब ७९ करोड रुपैयाँ उपलब्ध गराएसँगै नेपाल प्रहरीको वृत्ति विकासमा ठोस टेवा पुग्ने आशा पलाएको छ। १७ वर्षअघि तत्कालीन प्रहरी महानिरीक्षक मोतीलाल बोहोराले भारतसमक्ष अत्याधुनिक प्रहरी प्रतिष्ठान बनाउन सहयोगको प्रस्ताव गरेका थिए।

सन् १९९६ मा बोहोरा भारतमा सुरक्षासम्बन्धी बैठकमा भाग लिन पुगेका बेला भारतीय सुरक्षा निकायले नेपाली सीमा क्षेत्रभित्रबाट हुने भारतविरोधी आतंकवादी गतिविधि रोक्न सुझाएका थिए। बोहोराले सीमा क्षेत्रमा भारतका १० वटा सुरक्षा एजेन्सी तैनाथ रहेको र नेपालको एकमात्रै सुरक्षा एजेन्सी रहेकाले भारत नै बढी चनाखो हनुपर्ने बताएका थिए।

‘नेपाली सुरक्षाकर्मीलाई पाकिस्तानी, अफगानी, श्रीलंकाली, तालिबानी चिन्न गाह्रो हुन्छ, बरु भारतले इच्छाशक्ति देखाएमा पहिचानमा सजिलो हुने’ तर्क बोहोराको थियो। बोहोराले घुमाउरो पाराले आतंकवादी चिन्ने कलाको तालिम केन्द्र भारतले बनाइदिएमा सजिलो हुने बताएका थिए।

त्यसपछि भारतले अर्को प्रस्ताव ग:यो। स्रोतका अनुसार भारतले नेपाली सीमाभित्रै भारतीय फौज राख्ने प्रस्ताव गरेको थियो। तर बोहोराले नेपाल सार्वभौम मुलुक भएकाले हतियारसहितका भारतीय सुरक्षा फौज राख्न नमिल्ने जबाफ दिएका थिए। त्यो सुरक्षा बैठकमा भारतका तत्कालीन गृहसचिव पद्म नामैयालगायत सहभागी थिए।

बोहोराले बुधबार भने, ‘भारतीय सुरक्षा फौज नेपालभित्र राख्ने प्रस्ताव हामीले मानेनौं, बरु तालिम केन्द्र बनाइदिनुस् भन्यौं।’ उनका अनुसार त्यसपछि भारतीय पक्षले ‘तपाईंहरू जग्गा खरिद गर्नोस्, हामी तालिम केन्द्र बनाइदिन्छौं’ भनेको थियो।

भारतले तालिम केन्द्र बनाइदिने त भन्यो तर त्यसको फ्याक ल्टी मास्टर भारतीय सुरक्षाकर्मी नै राख्ने अर्को प्रस्ताव रा यो। स्रोतका अनुसार ‘बरु नेपालकै सुरक्षाकर्मीलाई हामी तालिमका लागि भारत पठाउँछौं, तालिम दिएर पठाउनुहोस्, हामीलाई त्यही सहज हुन्छ, भारतीयलाई प्रमुख बनाउन सकिँदैन’ भन्ने जबाफ बोहोराले भारतीय दूतावासलाई गराएका थिए। बरु विज्ञका रूपमा केही समय भारतीयलाई राख्न सकिने बोहोराले बताएका थिए।

भारतीय पक्षले आफ्ना सुरक्षाकर्मीलाई केन्द्रको फ्याक ल्टी मास्टर राख्न नदिने नेपाली जबाफपछि हो वा अन्य के कारणले हो तालिम केन्द्र बनाउने कुरा त्यत्तिकै सेलायो। बोहोरापछिका महानिरिक्षकहरू ध्रुवबहादुर प्रधान, श्यामभक्त थापा, प्रदीपशमशेर राणाले पनि भारतीय पक्षसँग पटकपटक केन्द्र बनाइदिन प्रस्ताव गरे पनि काम अगाडि बढ्न सकेको थिएन।

१७ वर्षअघिको नेपाल प्रहरी सपना अब पूरा हुने विश्वास पूर्वमहानिरीक्षक बोहोराको छ। उनले भने, ‘ढिलै भए पनि भारत सरकारबाट नेपाल प्रहरीलाई राम्रै उपहार मिलेको छ, तालिम केन्द्र बनेपछि प्रहरीको अनुसन्धान कलामा धेरै निखार आउँछ।’

तालिम केन्द्र निर्माण सहमतिपत्रमा अर्थसचिव सुमन शर्माले हस्ताक्षर गरेका छन्।

तालिम केन्द्रको फ्याक ल्टी मास्टर भारतीय सुरक्षाकर्मी राख्ने कुराले योजना अड्किएको तर अहिले त्यो बाधा हटेको जानकारी प्रतिष्ठानका प्रबन्ध निर्देशक एआईजी राजेन्द्रसिंह भण्डारीले दिए। उनले भने, ‘भारतले भौतिक संरचनागत निर्माणमा मात्रै सहयोग गर्नेछ। नेपालले त्यसको रेखदेख गर्नेछ। तालिम केन्द्रको सञ्चालन नेपालमै निहित हुनेछ र नेपाल सरकारकै स्वामित्व रहनेछ।’

प्रतिष्ठान स्थापनासँगै प्रहरी व्यावसायिक बन्नेमा विश्वस्त रहेको उनले बताए। ‘तालिम केन्द्र आधुनिक प्रविधि युक्त बनाइनेछ, अहिलेदेखि नै सफ्टवेयर पाटोमा विकास गर्छौं, प्रहरी कार्यालय सर्दा पोकोपुन्तुरा लिएर जानु नपरोस्’, एआईजी भण्डारीले भने। काभ्रेको पनौतीमा पाँच सय ७७ रोपनी जग्गामा प्रहरी तालिम केन्द्र निर्माण गरिनेछ। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •  

Comments are closed.