डाका आक्रमणबाट पूर्व प्रहरी हवल्दारको मृत्यु

345
  •  
  •  
  •  

झापा, ३० चैत (ओएनएस) : झापामा डाकाले एक पूर्व प्रहरीको हत्या गरि धनमाल लुटेको छ । झापाको को पृथ्वीनगरमा गएराती साढे १२ बजेतिर आएको डाका समुहले आक्रमणमा गर्दा प ५० वर्षीय देवकुमार श्रेष्ठको मृत्यु भएको हो। श्रेष्ठ पूर्व प्रहरी हवल्दार हुन ।

पूर्व प्रहरी हवल्दार श्रेष्ठको घरमा प्रवेश गरेको डाका समूहले उनलाई गोली हानेपछि लुटपाट गरेको थियो। २० जनाभन्दा बढीको संख्यामा आएको डाका समूहले गोली प्रहार गरेर धनमाल सबै लुटेर लिएको जिल्ला प्रहरी कार्यालय झापाले टेलिफोनमा जानकारी दिएको छ ।

किराना पसल चलाउँदै आएका श्रेष्ठको घरबाट १ लाख ८० हजार नगद र १० तोला सुन लुटेका लुटेको परिवारले प्रहरीलाई जानकारी दिएको छ ।


  •  
  •  
  •