सञ्चारकर्मी कुँवरलाई ‘एनपिस’ अवार्ड

376
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन(ओएनएस) : सञ्चारकर्मी लोग्शरी कुँवरलाई ‘एनपिस’ अवार्डबाट पुरस्कृत गरिएको छ ।
यूएनडीपीको ‘एनपिस’ नेटवर्कले मंगलबार राती थाइल्यान्डमा आयोजना गरेको कार्यक्रममा कुँवरलाई उक्त पुरस्कृत प्रदान गरेको हो ।

एनपीस नेटवर्कले गत नोभेम्बर महिनामा नै अवार्ड विजेताको घोषणा गरेको थियो । घोषणाको चार महिनापछि अवार्ड वितरण गरिएको हो ।

पत्रकारिताको माध्यमबाट लैंगिक समानताको पक्षमा निरन्तरता कलम चलाएको भन्दै नेटवर्कले कुँवरलाई पुरस्कृत गरेको यूएनडीपीले जनाएको छ ।

सम्पादक कुँवरलाई अभियन्ता राधा पौडेलले एनपीस अवार्डको ‘अनटोल्ड स्टोरी’ विधामा मनोनीत गरेकी थिइन् । यो विधामा नेपालबाट अन्य तीनजना महिला पनि मनोनीत भएका थिए । मनोनयनमा परेका मध्ये कुँवरले सबैभन्दा बढी मत ल्याएकी हुन् ।

यूएनडीपीले शान्ति स्थापना र लैंगिक समानता लागि काम गर्ने एसिया अन्तर्गत सात देशका अभियन्ता र संस्थालाई हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आइरहेको छ ।


  •  
  •  
  •