प्रकाश सपुतले नयाँ गीत ‘फुटेका चुरा’(भिडियोसहित)

113
  •  
  •  
  •  

काठमाडौं । गायक सपुतको नयाँ गीत सार्वजनिक भएको छ ।गायिका अनिता चलाउनेको सहकार्य रहेको गीत ‘फुटेका चुरा’को भिडियो सार्वजनिक भएको छ । गीतमा सपुत स्वयंमको शब्द तथा संगीत रहेको छ ।

’फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको’ बोलको गीतको भिडियोलाई गायक प्रकाश सपुत आफैँले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा नम्रता श्रेष्ठ ‘रानी’ को भूमिकामा छिन् भने सपुत ‘सिपाही’को भूमिकामा छन् । नवराज उप्रेतीको सिनेम्याटोग्राफी रहेको भिडियो कविता नेपाल र गायिका चलाउनेसँगै निरज पन्थी पनि प्रस्तुत छन् ।

 


  •  
  •  
  •