राष्ट्रपतिको उपस्थितिमा यसरी गरियो फूलपाती बढाइँ

महरा पहिलोपल्ट राजकीय समारोहमा सहभागिताबाट वञ्चित
101
  •  
  •  
  •  

काठमाडौँ, १८ असोज (ओएनएस) राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा सैनिक मञ्‍च टुँडीखेलमा नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ गरिएको छ ।

[यो पनि पढ्नुहोस्- पक्राउ पर्लान् त महरा ?]

नेपाली सेनाद्वारा आयोजित उक्त फूलपाती बढाइँ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु, संवैधानिक अ‌ंगका प्रमुखहरु, नेपाल सरकारका मुख्य सचिव तथा सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, पूर्वप्रधानसेनापतिहरु लगायतको उपस्थिति थियो ।

यौन अपराधको आरोपमा सभामुखबाट राजीनामा दिनुपरेपछि कृष्णबहादुर महरा पहिलोपल्ट राजकीय समारोहमा सहभागिताबाट वञ्चित भएका छन् ।

कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथि राष्ट्रपतिमा नेपाली सेनाको बढाइँ टोलीले सलामी अर्पण गरेको थियो । त्यसपछि बडादशैंको उपलक्ष्यमा राइफलले विभिन्‍न पाटाहरुबाट छिटो लहरे बढाइँ, लहरे बढाइँ, एकठ्ठा बढाइँ, षट्कोण फर्मेसन तथा नेपालको झण्डा फर्मेसनमा बढाइँ र तोपबाट बढाइँ गरेको थियो ।

साथै उक्त समारोहलाई थप उल्लासमय बनाउन यसै वर्षबाट नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि समेत गर्न थालिएको छ । कार्यक्रमको अन्त्यमा बढाइँ कवाजमा भाग लिने बाहिनी, गण तथा गुल्महरुले इज्जत अर्पण कवाज प्रदर्शन गरेका थिए ।

सम्बन्धित समाचार- 

पक्राउ पर्लान् त महरा ?

 

 


  •  
  •  
  •