अष्ट्रेलियाको प्वाल परेको आकाशमा यस्तो देखियो…(तस्विरसहित)

397
  •  
  •  
  •  

काठमाडौ, २२ कात्तिक(एजेन्सी) : अष्ट्रेलियाको भिक्टोरिया प्रान्तमा मानिसहरूले आकाशमा एक अनौठो दृश्य देखेका थिए । आकाशमा प्वाल परेको थियो र यसमा इन्द्रेणी पनि देखिएको थियो । यस घटनाको तस्विरहरू अहिले सामाजिक सञ्जालहरूमा छाएको छ ।

यसलाई वैज्ञानिक भाषामा फल्स्ट्रिक होल भनिन्छ । यो सयौ वर्षमा हुने एउटा दुर्लभ प्रक्रिया हो ।

के हो यस्तो प्रक्रियाः

यो बन्नुको दुईवटा कारण हुन्छन्, पहिलो प्राकृतिक र दोस्रो मानवीय ।

– प्राकृतिकः जब बादलको बीचमा बरफको कणहरूको तौल बढ्न थाल्छ, तब त्यो एक ठाऊँमा जम्मा हुन्छ । यसपछि त्यहाँबाट जमिनमा खस्न सक्छ । यस्तोमा आकाशमा एक खाली स्थान देखीन्छ ।

– मानवीयः यदी कुनै विमानले क्लाउड सिडिङ(कृतिम वर्षा) गराउँछ भने बरफको कारणले विमान गएतिर बादल एकै ठाऊँमा जम्मा हुन्छ र तौल बढ्छ जसका कारण उक्त बादल तल खस्छ र त्यहाँ खाली ठाऊँ देखिन्छ ।

photos-of-rare-fallstreak-hole-in-australia photos-of-rare-fallstreak-hole-in-australia1 photos-of-rare-fallstreak-hole-in-australia2 photos-of-rare-fallstreak-hole-in-australia3


  •  
  •  
  •