बागमतीमा फोहोर नगर्ने प्रण (फोटोफिचर)

563
  •  
  •  
  •  

काठमाडौं, २८ चैत (ओएनएस) : सरकारले सुरु गरेको बागमती सरसफाई महाअभियानले एकसय हप्ता पुरा गरेको अवसरमा आज मानव साङ्लो बनाएर बागमती सफा गरिएको छ । बागमती नदिको दुवै किनारा सुन्दरीजलदेखि चोभारसम्म २८ किलोमिटर क्षेत्रमा मानव साङ्लो बनाएर सफा गरिएको हो ।

बागमतीको दुवै किनारामा साङलो बनाइ ‘बाग्मती सफा छ, अब फोहर गरिने छैन’ भन्ने सन्देश दिइएको हो । बागमती सफाइको अहिलेसम्मको अभियानमा सहभागिता नजनाएका राजनीतिक दलका शीर्ष नेताहरुले पनि मानव साङलोमा सहभागिता जनाएर बागमती सभ्यतालाई जोगाई राख्ने प्रण गरेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालादेखि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु मानव साङलोमा बाँधिए । बागमती सरसफाइ महाअभियानमा सहभागीले बागमतीमा फोहोर नगर्ने सपथ लिएका छन् । ‘म मेरो बासस्थान र वरिपरि, कार्यस्थल र वरिपरी तथा नदीनालाहरु सफा राख्छु । बागमती नदीको स्वच्छता र पवित्रता कायम राख्न मन, वचन र कर्मले लाग्नेछु ।’ भनेर सरसफाइमा सहभागी सबैले प्रतिज्ञा गरेका हुन् ।

Bagmati kinar

सरसफाइमा सहभागी हुनु अघि ‘हामी बागमती नदी सफा गर्छौं । हामी बागमती नदी सफा गर्न सक्छौं । हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?’ भनेर तीन तीन पटकसम्म नारा लगाएका थिए । त्यस्तै मानव साङ्लो बनाएपछि पनि ‘हामी बागमती फोहोर गर्दैनौं । हामी बागमतीमा फोहोर फाल्दैनौं । बागमतीमा फोहोर फाल्न पाइँदैन ।’ भनेर तीन तीन पटक नारा लगायएको मुख्यसचिव पौडेलले बताए । मानव साङ्लो निर्माणका केहि तस्विरहरु :

Bagmati Manab sanglo  (2) Bagmati Manab sanglo  (3) Bagmati Manab sanglo  (4) Bagmati Manab sanglo  (5) Bagmati Manab sanglo  (7) Bagmati Manab sanglo  (8) Bagmati Manab sanglo  (9) Bagmati Manab sanglo  (10) Bagmati Manab sanglo  (11) Bagmati Manab sanglo  (12) Bagmati Manab sanglo  (13) Bagmati Manab sanglo  (14)


  •  
  •  
  •