भक्तपुरमा भूकम्पका तस्विर

238
  •  
  •  
  •  

photo exibition by ashok dulalकाठमाडौ, ३२ जेठ(ओएनएस) : भूकम्पपछि राजधानीका ऐतिहासिक पुरातात्विक क्षेत्रमा परेको असर देखाउन फोटो प्रर्दंशनी आरम्भ भएको छ । फोटोपत्रकार अशोक दुलालले खिचेका राजधानीका सम्पदा क्षेत्रका ६० तस्विरहरू राखेर भक्तपुर दरबार स्क्वायरमा सोमबारबाट प्रर्दशनी प्रारम्भ भएको हो ।

भूकम्पअघि खिचेका काठमाडौं उपत्यकाका मठ मन्दिर र दरबारका तस्विरहरू तथा भूकम्पपछि उही एङ्गलबाट खिचिएका तस्विरहरू दुलालले प्रर्दशनीमा राखेका हुन् ।

सरकारले पर्यटकीय क्षेत्र पर्यटकहरुका लागि खुला गरेको सन्दर्भमा आयोजित तस्विर प्रर्दशनीमा तस्विर हेर्न घुँइचो लागेको थियो । प्रदर्शनी नेपाल पर्यटन बोर्ड, पुरातत्व विभाग र भक्तपुर नगरपालिकाको सहयोगमा आयोजना भएको हो ।

photo exibition by ashok dulal1भूकम्पको तस्विर प्रर्दशनीको सान्दर्भिकताबारे प्रस्ट्याउदै फोटोग्राफर दुलाल भन्छन्,‘भूकम्पजस्तो विपतीमा एउटा फोटोग्राफर भएर के गर्न सकिन्छ भनेर सोच्दै थिए । नेपालको सम्पदा क्षेत्र भूकम्पबाट ध्वस्त भएपछि नेपालमा पर्यटकको संख्या शुन्य बराबर छ । हामीले संसारलाई देखाउनु पर्ने नेपाली सभ्यताको प्रतिक यी धरोहरको पुर्ननिर्माणका लागि आमनेपालीहरुलाई घच्घच्याउन तस्विर प्रर्दशनीमा ल्याएको हुँ ।’ उनी भन्छन्, ‘पूर्वजहरुको कला कौशलले बनेका ऐतिहासिक पर्यटकीय सम्पदाहरुको पुर्ननिर्माणका लागि नेपालीहरुमा जनजागरण ल्याउन तस्विर प्रर्दशनी सफल हुनेछ ।’

प्रर्दशनी मंगलबारसम्म हुनेछ भने काठमाडौं र ललितपुरमा समेत तस्विर प्रर्दशनी गरिनेछ ।

फोटो प्रर्दशनीमा भूकम्पबाट क्षतिग्रस्त ललितपुर पाटनका कुम्मेश्वर, मच्छिन्द्रनाथ मन्दिर, छावाहालको कृष्णमन्दिर सत्तल, पाटनकै चरनारायण, शंकरनारायण काठमाडौं त्रिपुरासुन्दरी मन्दिर, यमलेश्वर, पशुपतिको पञ्चदेव, हनुमानढोकाको नौतले दरबार, माजुदेवल, लक्ष्मीनारायण, कृष्णमन्दिर, शिवमन्दिर गद्दी बैठक भक्तपुरको चाँगुनारायण, बत्शला, केदारनाथ मन्दिरका साथै सिंहदरबार, राष्ट्र बैंक, दरबार हाई स्कूलका भवनहरु समेत समावेश छन् ।

कार्यक्रमको शुभारम्भपछि संस्कृती तथा पर्यटनमन्त्री शेर्पाले तस्विर अवलोकन गर्दै सुझाव पुस्तिकामा फोटो प्रर्दशनीले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याएको प्रतिकृया लेखेका छन् ।


  •  
  •  
  •