फोरम लोकतान्त्रिकको महाधिवेसन आजदेखि, पार्टीको नाम फेर्न दवाव

231
  •  
  •  
  •  

काठमाडौं २० बैशाख (ओएनएस) :
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेसन आजदेखि सुरु हुँदैछ । आजदेखि विराटनगरमा हुने पहिलो महाधिवेसनमा पार्टीको नयाँ नीति र नेतृत्वका विषयमा छलफल हुनेछ । विराटनगरको शहिद मैदानमा हुनेछ । ५० भन्दा बढी जिल्लाका ३ हजारभन्दा बढी प्रतिनीधि महाधिवेसनमा सहभागि हुनेछन् । महाधिवेसनमा सहभागि हुन प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलका नेताहरु सहभागि हुनुहुनेछ ।

भारतीय दलका नेताहरु विरानटरमा आइसकेका छन् । महाधिवेसनले पार्टीको नाम फर्ने र केही नयाँ नीति तय गर्ने फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिए । उनका अनुसार अब फोरम लोकतान्त्रिक मधेसमा मात्रै समिति नरहने गरि पार्टीको नामसहित नीति तय गर्न दवाव बढेको छ ।
विजयकुमार गच्छदार नेतृत्वमा हुने लागेको महाधिवेसनले फेरि गच्छदारलाई नै नेतृत्वमा ल्याउने देखिएको छ । उद्घाटन समारोह दिउँसो १ बजे हुनेछ ।


  •  
  •  
  •