६ दिनपछि दार्चुलाको फोन सेवा सुचारु

113
  •  
  •  
  •  

 

दार्चुला, २० असोज (ओएनएस) ६ दिनपछि हिजोदेखि दार्चुलाको फोन सेवा आंशिकरुपमा सुचारु भएको छ । भगवती गाविसको न्वालपानी बालशिखर रहेको नेपाल टेलिकमको टावरमा गएको मंगलबार चट्टयाङ पर्दा जिल्ला सदरमुकाम खलंगाको ल्यान्डलाइन फोन सेवा, नमस्ते मोबाइल फोन सेवा तथा इन्टरनेट सेवा अवरुद्ध बनेको थियो ।

नेपाल टेलिकमको क्षेत्रीय कार्यालय कैलालीबाट आएको इन्जिनियरहरुको टोलीले हिजो बालशिखर टावरमा नयाँ रेडियो उपकरणहरु जडान गरेपछि नमस्ते मोबाइल तथा खलंगाको बाङाबगड क्षेत्रको ल्यान्डलाइन फोन सेवा सुचारु भएको हो ।


  •  
  •  
  •