सार्वजनिक सवारी साधनबाट फोहोर फ्याके कारबाही

97
  •  
  •  
  •  

काठमाडौं । सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्ने यात्रुहरुले सवारीसाधनबाट फोहोर फ्याके कारबाही गरिने भएको छ ।

यातायात व्यवस्था विभागले सार्वजनिक सूचना निकाल्दै यात्रा अवधीमा सवारीसाधनको झ्याल ढोकाबाट फोहोर नफाली डस्वीनमा राख्न सबै यात्रुवाहक सेवा संचालक, चालक र सहचालक र यात्रुहरुलाई आग्रह गरेको छ ।

विभागले ‘भ्रमण वर्ष २०२०’ लाई लक्षित गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसंगको सहकार्यमा यस्तो नियम कार्यान्वयन गर्न लागेको हो ।

यस्तै फोहरको व्यवस्थापन गर्न सबै सवारी साधनभित्र अनिवार्यमा रुपमा डस्वीन राख्नुपर्ने छ । सवारी साधनको नियमित सरसफाई , मर्मत सम्भार गरि यात्रु बस्ने सिटको सरसफाई गर्न, चालक-सहचालकहरुले यात्रुहरुलाई शिष्ट, सभ्य व्यवहार गर्नुपर्ने विभागले जनाएको छ ।


  •  
  •  
  •