लागुअाैषध अफिमका काराेबारी प्रहरीकाे फन्दामा

291
  •  
  •  
  •  

काठमाडौं, ६ चैत (अाेएनएस) : लागुअाैषध अफिमका काराेबारी प्रहरीकाे फन्दामा परेका छन्। प्रहरीले एकैपटक ४ केजी अफिम बरामद गरेको छ। यो हालसम्म एकैपटक बरामद भएको सबैभन्दा ठुलो परिणाम भएको लागूऔषध नियन्त्रण ब्यूरो(एनसिबी)ले जनाएको छ।

विशेष सूचनाकाे अाधारमा एनसिबीद्धारा खटिएकाे टाेलीले ४ किलाे ग्राम अफिमसहित तीन जनालार्इ पक्राउ गरेकाे हाे। पक्राउ पर्नेमा मकवानपुरका सोमबहादुर तितुङ, बज्र बहादुर बोम्जन र प्रेमबहादुर थिङ रहेका छन्।

उनीहरुलार्इ प्रहरीले उक्त अफिमसहित दक्षिणकालीबाट पक्राउ गरेको हो। सोमबहादुरसँग २ केजी र अन्य दुई जनासँग १/१ केजी अफिम बरामद गरिएकाे एनसिबीका प्रमुख डिआईजी ठुले राईले बताए

अफिम हेराइन बनाउन प्रयोग गरिनुका साथै अाैषधीकाे रुपमा समेत प्रयाेग हुने गर्छ। नेपालका कतिपय जिल्लामा अवैध रुपमा अफिम खेतीसमेत हुने गर्दछ।


  •  
  •  
  •