बाउन्सर बलले लागेर ज्यान गुमाएका हग्सको अन्तिम संस्कार गरिँदै

604
  •  
  •  
  •  

phillip-hughes-funeral3काठमाडौ, १७ मंसिर(एजेन्सी) : अष्ट्रेलियाको युवा क्रिकेटर फिलिप हग्सको आझ अन्तिम संस्कार गरिँदैछ । उनको अन्तिम संस्कार उनको गृहनगर म्याक्सभिलेमा गरिने अन्तराष्ट्रिय सञ्चारमाध्मयहरूले जनाएका छन् ।

phillip-hughes-funeral4हग्सको शव उनको बाल्यकालको स्कुल म्याक्सभिले हाई स्कुलमा राखिएको थियो । हग्सको परिवारहरूले उनको जिन्दगीसँग जोडिएका यादगार पलहरूको बयान गरेका थिए । कप्तान माइकल क्लार्कको भाषण निकै भावुक थियो । उनले भने, ‘मलाई अहिले पनि फिलिप हग्स नजिकै भएको अनुभव हुन्छ । यदी यसलाई नै आत्मा भनिन्छ भने फिलिपको आत्मा मसँगै छ ।’ क्लार्क यस्तो भनिरहँदा आँशु पुछिरहेका थिए ।

phillip-hughes-funeralस्कुलबाट फिलिपको शव उनका पितासहित कप्तान माइकल क्लार्क र आरोन फिन्च तथा केही साउथ अष्ट्रेलियाली क्रिकेटरहरूले उठाएका थिए । शव उठाऊँदा पनि क्लार्क र फिन्च रोइरहेका थिए ।

हग्सको दाई नीनो रैमुन्नो ले फिलिपको सम्झनालाई ताजा गरे । उनले कसैलाई थाहा नभएका कुराहरु समेत उक्त समयमा खुलासा गरे । नीनोले भने, ‘हग्सको क्रिकेटमा आउनुको पछाडि उनका ठुला दाई जेसनको निकै ठुलो हात थियो । हग्स क्रिकेटमा कुनै रूची राख्दैनथे ।  जेसनको अण्डर-१० टीमलाई एक खेलाडीको खाँचो थियो । उनले आफ्नो भाई हग्सको नाम लिए, तर हग्सले खेल्न मानेनन् । जेसनले उनलाई सम्झाए की उनी वैकल्पिक खेलाडी हुनेछ र उसलाई धेरै मेहेनत गर्नुपर्ने छैन् । जेसनले सम्झाएपछि हग्सले क्रिकेट खेल्न स्विकार गरे । उनले आफ्नो पहिलो खेलमा २५ रन बनाएका थिए ।’

phillip-hughes-funeral1उनले थपे, ‘समय बित्दै जाँदा उनीहरू पनि ठुलो हुँदै गए, जेसन हग्सको खेलका बारेमा धेरै कुरा सिकाउँथे । जेसनले आफ्नो भाईलाई घण्टौसम्म पनि ब्याटिङ एभरेज कसरी कायम गर्ने भन्ने विषयमा सिकाउँथे तर, हग्सले यस्ता कुरा बुझ्दैनथे ।’

phillip-hughes-funeral2फिलिपका पिताको कुरा गर्दै नीनोले भने, ‘फिलिपका पिता ग्रेग हग्सको ब्याटिङ अभ्यासका लागि घण्टौ बलिङ गर्थे । यसरी ग्रेगले बलिङ गरेको देखेर क्रिकेट क्लबले बलिङका लागि मेसिन किन्यो । हग्सको सफलतामा उनका पिताको पनि हात छ ।’


  •  
  •  
  •