फिलिपिन्समा सन् २०२० कै सबभन्दा विध्वंसात्मक समुद्री आँधी

82
  •  
  •  
  •  

एजेन्सी । फिलिपिन्समा सन् २०२० कै सबभन्दा विध्वंसात्मक समुद्री आँधी आएको छ । आँधीले केहि ठाउँमा अचानक बाढीका साथै हावाहुरीले घरका छानाहरू उडाउँदा र रूख ढाल्दा कम्तीमा १० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

स्थानीय समय अनुसार आइतबार बिहान ४ः५० बजेतिर प्रतिघण्टा २२५ किलोमिटर वेगसहित क्याटानडुएस टापुमा आँधी बजारिएको थियो। राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफ्नो निवासबाट विपद्‌ व्यवस्थापनको दिशामा भइरहेका कामलाई नियालिरहेको उनका प्रवक्ताले जनाएका छन्।

फिलिपिन्सको राष्ट्रिय विपद्‌ व्यवस्थापनसम्बन्धी निकायका एक अधिकारी मार्क टिम्बलका अनुसार आँधीको बाटोमा पर्ने क्षेत्रका एक करोड ९० लाख मानिस प्रभावित भएका छन्।
फिलिपिन्समा सन् २०१३ मा छ हजार व्यक्तिको ज्यान लिएको हैयानपछिको यो नराम्रो समुद्री आँधी भएको अधिकारीहरूले जनाएका छन्।


  •  
  •  
  •