फिलिपिन्समा हागुपिट तुफानको डरले ६ लाख मानिस सारियो

271
  •  
  •  
  •  

philippines-6-million-peopleकाठमाडौ, २१ मंसिर(एजेन्सी) : फिलिपिन्सको हागुपिट तुफानको डरले ६.१६ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यी मानिसहरूलाई स्कुल, टाउन हल, जिम र चर्चमा राखिएको छ ।

हागुपिट द्धीपसमूहको पूर्वी प्रान्ततर्फ बढेपछि तिव्र गतिको हावा र भारी वर्षा भइरहेको छ । भीषण तुफानका कारण निकै ठूलो क्षति गर्न सक्ने अनुमान गरिएको छ ।

केही क्षेत्रहरूमा १ सय ८५ किलोमिटर प्रयिघण्टाको गतिले हावा चलिरहेको छ । मध्य र दक्षिणी फिलिपिन्स क्षेत्रतर्फ जाने १ सय भन्दा अधिक उडानहरूलाई रद्ध गरिएको छ । गत वर्ष पनि फिलिपिन्समा आएको तुफान हैयानेले निकै ठूलो क्षति गरेको थियो, हजारौ मानिसको मृत्यु भएको थियो ।


  •  
  •  
  •