फिलिपिन्समा डुंगा दुर्घटना, २५ को मृत्यु, ६ बेपत्ता

206
  •  
  •  
  •  

एजेन्सी । फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै डुंगा दुर्घटना भएको छ ।
दुर्घटनामा २५ जनाको मृत्यु भएको छ ।

The ferry boat M/B Chichi was carrying at least 42 passengers [Philippine Red Cross via/AP]
इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुंगा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

इलोइलोबाट गुईमारासतर्फ गइरहेका बेला आँधी आएपछि तीन घण्टाको अवधिमा तीनवटा डुंगा पल्टिएको जनाइएको छ । आँधीले समुद्रमा ठूलो छाल ल्याएको थियो ।


  •  
  •  
  •