२० वर्षको उमेरमा नै यस्तो किर्तिमान बनाएका थिए हग्सले

232
  •  
  •  
  •  

philip-hughesकाठमाडौ, १२ मंसिर(एजेन्सी) : एक खतरानाक बाउन्सरले अष्ट्रेलियाली ब्याटस्म्यान फिलिप हग्सले यो संसारबाट ‘आउट हुनुपर्यो’ अर्थात् ज्यान गुमाउनुपर्यो । हग्स धेरै चर्चित खेलाडी त थिएनन्, तर उनको नाममा यस्तो रेकर्ड छ जुन अन्य ब्याटस्म्यानले बनाउन सकेका थिएनन् । उनले यस रेकर्ड बनाउने क्रममा सचिन तेन्दुलकर र सर डन ब्र्याडम्यान जस्ता ब्याटस्म्यानलाई समेत पछाडि छाडेका छन् ।

उसले २० वर्षको उमेरमा नै एक टेस्टको दुवै पारीमा शतक बनाउने रेकर्ड राखेका हुन् । क्रिकेट इतिहासमा टेस्ट क्रिकेटको दुवै पारीमा शतक प्रहार गर्ने दुईमात्र ब्याटस्म्यानमध्ये हग्स एक हुन् भने २० वर्षको उमेरमा टेष्टमा शतक प्रहार गर्ने उनी एकमात्र ब्याटस्म्यान हुन् । उनले डर्बनमा सन् २००९ मार्चमा खेलिएको दक्षिण अफ्रिकाविरूद्धको टेष्टमा उक्त रेकर्ड कायम गरेका थिए । दक्षिण अफ्रिकाविरूद्धको पहिलो पारीमा ओपनिङ गर्दै उनले १ सय १५ रन जोडेका थिए भने दोस्रो इनिङमा १ सय ६० रन जोडेका थिए ।

उनको ब्याटिङको मद्दतले अष्ट्रेलियाले उक्त खेल १ सय ७५ रनले जितेको थियो । उनले ८ मार्च २००९ मा जब दोस्रो शतक पुरा गरे उनी मात्र २० वर्ष ९७ दिनका थिए । २१ औ जन्मदिन मनाउँनु भन्दा पहिले टेष्टमा दुईवटा शतक प्रहार गर्ने उनी एकमात्र अष्ट्रेलियाली ब्याटस्म्यान हुन् र विश्वका दोस्रो ब्याटस्म्यान हुन् ।

यस्तै, एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने हग्स एकमात्र अष्ट्रेलियाली ब्याटस्म्यान हुन् । उनले यसैवर्ष २९ जुलाईमा दक्षिण अफ्रिकाको ए टोलीसँगको खेलमा अविजित २ सय २ रन जोडेका थिए । उनले १ सय ५१ बलमा १८ चौका र ६ छक्का प्रहार गर्दै दोहोरो शतक बनाएका थिए । एकदिवसीय क्रिकेटमा १५ ब्याटस्म्यानले दोहोरो शतक प्रहार गरेका छन्, तर हग्स एकमात्र अष्ट्रेलियाली ब्याटस्म्यान हुन् ।

 


  •  
  •  
  •