फिलिप ह्यूजको सम्झनामा नेपाल र अष्ट्रेलियाका खेलाडी भिड्दै

171
  •  
  •  
  •  

काठमाडौं, २७ चैत (ओएनएस) :  अष्ट्रेलियन क्रिकेटर स्वर्गीय फिलिप ह्यूजको संझनामा नेपाल क्रिकेट संघले भोलि कीर्तिपुरको खेल मैदानमा ६३ ओभरको क्रिकेट म्याच हुदैछ ।

फिलिप ह्यूजको संझनामा हुने मैत्रिपूर्ण खेलअघि ट्रफी अनवारण गरिएको छ । नेपालका अनुभवी क्रिकेटर शक्ती गौचन र अष्ट्रेलियाका रायन कार्टर्स तथा पूर्व टेस्ट क्रिकेटर टिम एन्डरशनले संयुक्त रुपमा किर्तिपुरमा त्रिभूवन विश्वविद्यालयस्थित खेल मैदानमा ट्रफी अनवरण गरेका हुन् । नेपाल विरुद्ध हुने ६३ ओभरको क्रिकेट म्याच खेल्नका लागि अष्ट्रेलियाबाट खेलाडीहरु नेपाल आइसकेका छन् ।

मैत्रिपूर्ण क्रिकेट खेलपछि फिलिप ह्यूजको जर्सी र ब्याटलाई नेपाली आरोही छुरिम शेर्पाले सगरमाथाको चुचुरोमा पु-याउनेछिन् । आरोहणको मिति भने अझै तय भइसकेको छैन् । ह्यूजको यसअघि गत नोभेम्बर महिनामा अष्ट्रेलियामा घरले क्रिकेट खेल्दै गर्दा बलले लागेर निधन भएको थियो । ने

पाली क्रिकेटको विकासका लागि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने यसअघि नै क्रिकेट संघले जनाउँदै आएको छ । वसन्त चौधरी फाउन्डेशनले मैत्रिपूर्ण खेलका लागि विशेष सहयोग गर्दै छ ।

प्रतियोगिताका दौरान नेपाली खेलाडीहरु रातो र निलो समूहमा विभाजित हुनेछन् । रातो समूहको कप्तानी नेपाली टोलीका पूर्व कप्तान समेत रहेका विनोद दासले गर्नेछन् । रातो समूहमा विनोदसँगै पारस खड्का र शक्ती गौचनजस्ता नेपाली क्रिकेटरहरु समेत रहेका छन् । फिलिप ह्यूजको संझनामा आयोजना गरिएको प्रतियोगिताको टिकट शुल्क समेत जनही १ सय ६३ रुपैँया तोकिएको छ ।


  •  
  •  
  •