अष्ट्रेलियन ब्याट्सम्यान फिलिप्स हग्सको मृत्यु

513
  •  
  •  
  •  

hughes in critical condition2काठमाडौं, ११ मंसिर (एजेन्सी):  शेफिल्ड शील्डको एक खेलको दौरान टाउकोमा चोट लाग्दा गम्भिर घाइते भएका अष्टे«लियन ब्याटस्म्यान फिलिम हाग्सको बिहिबार मृत्यु भएको छ ।

२५ बर्षिया हग्स्को उचारको क्रममा सिड्नीस्थित भेन्ट भिसेन्ट अस्पतालमा मृत्यु भएको अष्ट्रेलियन क्रिकेट टिमका डक्टर पीटर ब्रुक्नरले पुष्टि गरेका छन् । ब्रुक्नरले भनेका छन् ‘ मैले यो भन्नै पर्छ की हाम्रो टिमका ब्याट्सम्यान हग्स्ले संसार छोडेका छन्, यसले अष्ट्रेलियन टिमलाई स्तब्ध पारेको छ ।’

अष्ट्रेलियाको टेस्ट टोलीमा फर्कने राम्रो तयारी गरिरहेका हग्स मंगलबार सीन एबोटको बाउन्सर बलले टाउकोमा लागेपछि गम्भिर घाइते भएका थिए । घाइते भएपछि सेन्ट भिसेन्ट अस्पतालमा उपचारका लागि लगिएका उनको शल्यक्रिया समेत गरिएको थियो ।

शल्यक्रिया पछि उनी कोमामा रहेका थिए । उनलाई मंगलबार न्यु साउथवेल्सबिरुद्ध साउथ अष्ट्रेलियाको लागि खेल्दै गर्दा टाउकोमा चोट लागेको थियो ।

Phlip Hugs


  •  
  •  
  •