फिलिपिन्स : विमान दुर्घटना, १० को मृत्यु

316
  •  
  •  
  •  

३ चैत  – फिलिपिन्समा शनिबार एउटा सानो विमान दुर्घटनामा परि १० जनाको ज्यान  गएको छ ।

फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणका एक जना उच्च अधिकारीले १० जनाको ज्यान गएको पुष्टि गरेका छन् । ज्यान गएकामध्ये दुई जना विमान चालक रहेका थिए ।

प्लारिडेलबाट बुलाकान प्रान्ततर्फ जाँदै गर्दा मध्यान्ह विमान दुर्घटनामा परेको अधिकारीले जनाएका छन् ।

विमान उड्न सुरु गरेको केही मिनेटपछि स्थानीय समयानुसार बिहान ११.२१ मा दुर्घटना भएको अधिकारीले बताएका छन् । विमान आवासीय क्षेत्रमा दुर्घटना भएको थियो ।


  •  
  •  
  •