फर्किए जस्तो लाग्यो फेरि पनि योगमाया

1080
  •  
  •  
  •  

पढेको थिए एउटा योगमायाको कथा
आज भेटे शिवमाया
फर्किए जस्तो लाग्यो फेरि पनि योगमाया
एउटा चट्टान अनि एउटा पहाड बनेर
हिम्मतहरूलाइ अझै मजबुद बनाएर
एउटा ज्वालामुखि बनेर

गर्दै छन् प्रश्न आज योगमाया
लडेकै हो सदियौँ देखि
अझै लड्ने छु
तर एक चोटि लड्नुको पनि समयसिमा तोकिदिनु
मैले आत्मदाह गरेको युगौँपछि पनि
नबद्ले तिम्रा मानसिकतालाइ बद्लिन
अझै कति युग पर्खिनु पर्ने हो
त्यो युगको पनि समय सिमा तोकिदिनु

त्यति खेर सम्म
सपनाहरू नदेख्नु नारिहरूले
त्यो सपनिहरूलाई देख्नको लागि पनि
फेरि तिमिले एउटा युगको घोषणा गरिदिनु
तर त्यो युगलाइ पर्खने शिबमायाहरूले
बालेका बिद्रोहका रापहरूसँग
सुरू गर्नु पर्छ अब एउटा युग
समानताको एउटा युग

किनकि शिवमाया एउटा आवाज हो
एउटा अडान हो
एउटा तुफान हो
एउटा ज्वालामुखि हो
जुन लार्भासँग ताँतिएका ती आगोरूसँग
गर्जिएका ती चट्टानहरू बनेर
तिर्मिराउने छ तिम्रा आँखाहरू
अनि प्रश्न गर्नेछन्
तिमिले चलाएको तिम्रा साम्राज्यमा
किन बिझाउँछन् तिमिलाई

यो युगको शिवमाया
अनि हिजोको योगमाया
योगमायाको युगदेखि
यो शिवमायाको युगसम्म आउँदा
अझै कति युग पर्खनु पर्ने हो
त्यो युगलाइ पर्खनको लागि पनि
फेरि एउटा समय सिमा तोकिदिनु


  •  
  •  
  •