जनकपुरधाम । सिरहाबाट सात जना थुनुवा फरार भएका छन् । शनिबार राति ७ः३० बजेतिर उनीहरु प्रहरी कार्यालयको थुनुवा कक्षबाट फरार भएका हुन् ।
इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा थुनिएका आठ जनामध्ये सात जना फरार भएको जनाइएको छ । लक्ष्मीपुर गाउँपालिका ५ स्थित उक्त इलाका प्रहरी कार्यालयबाट उनीहरु प्रहरीको आँखा छलेर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराले आधिकारिक जानकारी नआएको बताएका छन् ।
एक जना बहुविवाहका र ६ जना लागूऔषध मुद्दामा समातिएकाहरु थुनुवा कक्षबाटै फरार भएका हुन् ।