फरार प्रतिवादी पक्राउ

409
  •  
  •  
  •  

काठमाडौं, १८ चैत(ओएनएस) : ज्यान मार्ने उद्योगमा नौ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी महेन्द्रनगर४ घर भई काठमाडौं महानगरपालिका ३५ बालकुमारी बस्ने ३३ वर्षीय रविन पुलामी मगर रहेका छन् । उनलाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको हो ।

२०६३/०८/२३ गते राति काठमाडौं साविक का.म.न.पा. वडा नं. ३५ पाल्पाकोटस्थित सडकमा मगर समेतले मछिन्द्र पराजुलीलाई घाँटी र टाउकोमा खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएका थिए ।
सोही कसुरमा २०६६ चैत १६ गते जिल्ला अदातले मगरलाई ५ वर्ष कैद हुने फैसला सुनाएको थियो ।
तर मगर फरार रहेका थिए ।

पक्राउ परेका मगरलाई सुनसरी जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झुम्का, सुनसरीमा पठाइएको छ ।


  •  
  •  
  •