काठमाडौं, १८ असार (ओएनएस) सरकारले गत आइतवार संसदमा पेश गरेको नीति तथा कार्यक्रम बुधवार बहुमतको आधारमा पारित भएको छ ।
सत्तारुढ दलकै सभासदको व्यापक विरोधकाविच नीति तथा कार्यक्रम पारित भएको हो । नीति तथा कार्यक्रमविरुद्ध प्रमुख प्रतिपक्ष दल एमाओवादीलगायतका विपक्षी दलले मत दिएका थिए ।
नीति तथा कार्यक्रममाथि विभिन्न दलका १३ जना सभासदले ४९ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए । यद्यपि बहुमतको आधारमा सबै संशोधन प्रस्ताव अस्विकृत भएका थिए ।
संसदबाट नीति तथा कार्यक्रम पारित भएपछि सभामुख सुवासचन्द्र नेम्वाङले राष्ट्रपति डा. रामवरण यादवलाई धन्यवाद दिएका छन् । सभामुख नेम्वाङ बुधवार राती शितल निवास पुगेका थिए ।
संसदबाट नीति तथा कार्यक्रम पारित भएपछि सरकारले असार २७ गते बजेट ल्याउने भएको छ । सरकारले २७ गते वजेट ल्याउने भएपछि संसदको बैठक असार २६ गतेकालागि बोलाइएको छ ।