कालीमाटी र बल्खुमा बरामद गरिएको प्याज सुपथ मूल्यमा बिक्री गरिने

670
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंस्थित कालीमाटी र बल्खु तरकारी बजारमा अनुगमनको क्रममा बरामद गरिएको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारबाट बिक्री गर्ने भएको छ । बरामद गरिएको करिब १२० क्विन्टल प्याज सुपथ मूल्यमा बिक्री गर्न लागेको हो ।

मंगलबार साँझ वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको संयुक्त बैठकले जफत गरिएको प्याज बिक्री गर्ने निर्णय गरेको थियो । बुधबारबाटै प्याजको बिक्री थाल्ने भनिए पनि मुचुल्का उठाउने र प्याजको जोख्ने कार्य नसकिएका कारण बिहीबारबाट मात्रै प्याज बिक्री सुरु गरिने कम्पनीले जनाएको छ ।

व्यापार कम्पनीकोे केन्द्रीय बिक्री केन्द्र थापाथलीबाट प्रतिकिलो ६० रुपैयँमा प्याज बिक्री गरिने कम्पनीले जनाएको छ । एकजना ग्राहकले एक पटकमा तीन किलोसम्म मात्रै प्याज किन्न पाउने छन् ।

बिक्री मूल्यको ५२ रुपैयाँ सरकारको राजश्व खातामा जाने र ८ रुपैयाँ प्रतिकिलो भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ढुवानी तथा अन्य खर्चवापत राख्ने कम्पाीले जनाएको छ ।


  •  
  •  
  •